नेपाली कांग्रेस निकट रहेको युवाहरुको संगठन “युथ कांग्रेस नेपाल ” पर्सा जिल्ला कार्य समिति विस्तार भएको छ। शनिबार बिरगंज स्थित ठाकुर राम क्याम्पसमा बैठक बसी सुमेस्वर साह को अध्यक्षता मा २१ सदस्यीय कार्यसमिति विस्तार गरिएको छ।
नेपालका युवा लोकतन्त्रवादीहरुको अभियान युथ कांग्रेस नेपाल ले पछिल्लो ३ वर्ष देखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभुती को लागि विभिन्न कार्यक्रम चलाउदै आइरहेको छ।
युथ कांग्रेस नेपाल प्रदेश नं २ का सदस्य राहुल कुमार गुप्ता को प्रमुख अतिथित्वमा भएको विस्तार कार्यक्रम मा वि.पि कोइराला युवा मन्च का प्रदेश न२ का सम्पर्क ब्यक्ति मनोहर साह विशिष्ट अतिथीका रुपमा रहेका थिए भने अथितीका रुपमा वि.पि कोइराला विकाश मन्च पर्सा जिल्ला अध्यक्ष हरेन्द्र यादव,नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता रहेका थिए।
उक्त संगठन को कार्यसमिति बिस्तारमा उपाध्यक्ष मा अनिल पटेल, नरेश प्रसाद रौनियार , सचिवमा राहुल कुमार कानु , सह सचिवमा पवन कुमार पटेल, श्याम गुप्ता ,कोषाध्यक्षमा अंजली मण्डल, सदस्यहरुमा देवनाथ महतो, प्रदिप गुप्ता, मुकेश गुप्ता, सुमित श्रीवास्तव , जाहुर अंसारी, रन्जन सरार्फ , दिपक महतो, रंजित कु कानु, केशव कुमार मण्डल, प्रदिप साह ,रंजित कुमार कानु, सुजित कुमार मिश्र,श्याम गुप्ता,अकाश गुप्ता,राजु गुप्ता रहेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

