Rashtriya Dainik

सशस्त्र प्रहरी खडकाको सहयोगले वीरगंज भन्सार लगाएतका नाकाहरुवाट व्यापक रुपमे तस्करी शुरु

वीरगंज ७ फाल्गुन
सशस्त्र प्रहरीको सहयोगमा वीरगंज भन्सार लगाएतका नाकाहरुवाट व्यापक रुपमा तस्करी शुरु ।

नेपाल र भारतको सिमानाका मध्ये वीरगंज नेपालकै मुख्य नाका हो । लकडाउनका कारण गएको चैत ११ गतेदेखि बन्द रहेको यो नाका तीन चार महिना यतादेखि नियमितजस्तै छ । सवारी साधन जान नदिएपनि नेपाली नागरिकहरु दैनिक उपभोग्य सामाग्री खरिदका लागि आउजाउ गरिरहेका छन् ।

गएको माघ १६ गतेदेखि यो नाकालाई पहिलेकै झै नियमित बनाउन गृहमन्त्रालयले जिल्ला प्रशासनमा परिपत्र गरेको छ । तर नयाँ भाइरसको जोखिम भन्दै नाकालाई पूर्वकै अवस्थामा खुला गर्न प्रशासनले रोकलगाउँदा त्यसको सिधा फाइदा तस्करहरुलाई पुगेको छ । मुख्य नाकालाई छलेर तस्करहरुले वीरगंज भंसार नाकाको पूर्वीनाकाबाट अवैधरुपमा दैनिक उपभोग्य सामान भित्र्याइरहेका छन् । डिउटीमा खटिएका सशस्त्र प्रहरीहरु देखेपनि नदेखे झै गर्ने गरेका छन् ।

डिउटीमा खटिने सशस्त्रका जवानले पचास रुपैयाँदेखि पाँचसय रुपैयाँसम्म असुल्ने गरेका छन् । सशस्त्र को डिउ्टी भएपनि वीरगंज भन्सार नाकाको गेटमा व्यापाकमात्रामा तस्किरी हुँदा समेत सुरक्षाका उच्चतहले कुनै वास्ता गरेको छैन् ।

वीरगंज भन्सारको गेटमा चेकचाँज गर्नेको लागि खटाईएको सशस्त्र प्रहरीले प्रत्येक ईरिक्सावाला संग ५० रुपैया असुल्ने गरेको ईरिक्सा चालकहरुले बताएका छन्।

भन्सार भित्रिएवाट सेटिङको सामान आउँना साथ डिउटीमा खटिएका सशस्त्रहरुले नदेखे झै गर्छन र सामान प्रवेश हुन्छ । कतिपय सशस्त्र जवान त त्यस्ता सेटिङका अवैध सामान आउन थालेपछि मोवाइल फोनमा व्यस्त हुने गरेका छन् ।
वीरगंज भन्सार कर्मचारी र एजेन्टहरुको मिलोमतोमा विभिन्न किसिमका अवैध सामानहरु जस्तोसुकै भित्रनै गरेको नाम नछाप्ने सर्तमा एक कर्मचारीले बताएका छन्।

भन्सारका कर्मचारीपनि असुली धन्दामा लाग्दा तस्करहरु खुलेआम अवैध सामान भित्र्याउन सफल भएका छन् । चौलिका चोकमा खटिने सशस्त्र प्रहरीपनि तस्करसँगको अवैध सेटिङमा छन् । मोटरसाइकल तथा साइकिलमा क्यारिङ गरेर दैनिकरुपमा ऑटोपार्ट्स, कपडा, खाद्यान्न, चामल, दाल, सूर्तिजन्य बस्तुलगायतका सामानहरु ल्याइरहेका छन् । ती सामान ल्याएवाफत उनीहरुले सशस्त्र प्रहरीलाई रकम बुझाउने गरेका एकजना व्यापारीले बताएका छन्।

त्यसै गरि पर्सा जिल्लाको ग्रामीण भेगमा रहेको भिस्वा ,सबैठवा , भिखमपुर, महादेवपर्टी, पिडारीगुठी लगाएतका नाकाहरुवाट अहिले व्यापकरुपमा कपडा, हाडयेवर, गाई , भैसी , लागुअौषध अोसार पोसार भईरहेको स्थानियले बताएका छन्।

सशस्त्र प्रहरीको सिमानाकाको मुख्य जिम्मेवारी हुन्छ।
त्यसै गरि पर्सा जिल्लाको वीरगंज भन्सार, भिस्वा , सबैठवा , महादेवपर्टि , भिखमपुर लगाएतका नाकाहरुमा रहेका बिअोपी प्रमुखहरु मार्फत नजराना बुझी सशस्त्र प्रहरी पर्सा प्रमुख तस्करी गर्ने छुट दिएको जस्तो देखिन्छ ।

सशस्त्र प्रहरीले हामीले दिएको सुचना अनुसार पर्साका एसपी खडकाका विशवास पात्र वीरगंज भन्सारका प्रहरी निरीक्षक स्वर्ण बम, र सशस्त्र प्रहरी भिस्वा बिअोपी प्रमुख संजिव बानियाँ रहेका छन्। यी द्वय निरीक्षकहरु सहयोगले पटक पटक भारतवाट भित्राएका अवैध सामानहरु नेपाल प्रहरीले पक्ाउ गरेपनि यिनिहरुलाई केहि कार्यवाही नहुने गरेको एक जवानले बताएका छन्।

सशस्त्र प्रहरीसम्मको मिलेमतोमा हुने अवैध तस्करी रोक्न प्रभावकारी भूमिका देखिएको छ न त सशस्त्रको एसपीको माथि नै शंका बिषय देखिएकोछ ?यस्ता गतिविधि लाई रोक्न संबंधित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित