Rashtriya Dainik

सुनवल नगरपालिका वडा नं ४ मा ५५ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

राष्ट्रिय दैनिक /नवलपरासी, १० साउन

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ४ मा भुमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनि दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति नवलपरासी बर्दघाट सुस्ता पश्चिम र सुनवल नगरपालिकाको संयुक्त आयोजनामा सुनवल वडा नं ४ बुद्धनगरका ५५ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको हो ।

कार्यक्रममा सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्यालले १ वर्ष भित्रमा सुनवल नगरपालिकामा पर्ने जग्गाको नापजाच कार्य सकिने बताउनुभयो । जिल्ला समन्वय समिती प्रमुख भगौती यादवले सुनवल र बर्दघाट बाहेकका ५ वटा पालिकामा भूमि सम्बन्धी कामहरु सुस्त रहेकोमा त्यहा पनि छिट्टै नै प्रकृया अगाडि बढाउन पहल गरिने बताउनुभयो।

सुनवल नगरउपप्रमुख सुर्य दुवेले पुर्जा वितरणमा राजनितिक व्यक्तिगत दाउपेच नपारी सबै समक्ष आफनो जिम्मेवारी र कर्तव्यमा रहि काम गर्नुपर्ने बताउनुभयो।

भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष लाल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न जग्गाधनि दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रममा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेल, लुम्बिनी प्रदेश सभा पुर्व सदस्य दिपेन्द्र कुमार अधिकारी, महाकवि देवकोटा क्यामपसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, भूमि समस्या समाधान आयोगका सदस्य थानप्रसाद गैरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सुनवल वडा नं ४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन भूमि समस्या समाधान आयोग सुनवल नगरका प्रमुख गणेश न्यौपानेले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित