Rashtriya Dainik

“नवलपरासीमा जनमत पार्टीको संगठन बिस्तार , नयाँ सदस्य प्रवेशकाे लहर “

राष्ट्रिय दैनिक / नवलपरासी ,८ साउन

जनमत पार्टी नवलपरासीले शनिबार प्रतापपुर-७ मा पार्टी प्रवेश र संगठन बिस्तार कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा पार्टीका नयाँ सदस्यहरूको प्रवेशका साथै जनमत पार्टीको संगठन विस्तारको योजनाबद्ध क्रियाकलापहरू प्रस्तुत भएको हाे।

कार्यक्रममा जिल्ला इन्चार्ज कृष्ण कान्त चौधरी, प्रदेश सदस्य असरफ अलि चुरिहार, जिल्ला सचिव कैलास गुप्ता, पालिका अध्यक्ष धर्मेन्द्र हरिजन र सचिव आलम सेख लगाएतले पार्टीको उद्देश्य र दृष्टिकोणलाई प्रस्तुत गर्दै पार्टीको सशक्त संगठन निर्माणमा सबैको सक्रिय सहभागिता महत्त्वपूर्ण रहेको धारणा राखेका थिए।


त्यस्तै प्रतापपुर गाउँपालिका ४ मा पनि पार्टी प्रवेश र संगठन बिस्तार कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रममा स्थानीयहरु विभिन्न पार्टी परित्याग गरि धेरै संख्यामा जनमत पार्टीमा प्रवेश गरेका हुन।

जनमत पार्टी र डा. सि के राउतको नेतृत्वको प्रेरणाले आगामी दिनहरूमा पार्टीको संगठनलाई थप सशक्त बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित