Rashtriya Dainik

जिल्ला ट्राफिक कार्यालय नवलपरासीद्वारा २करोड ३७ लाख ७० हजार राजस्व संकलन

आरपि उपाध्याय / त्रिवेणी ,७ साउन

जिल्ला ट्राफिक कार्यालय नवलपरासीले जिल्ला अन्तर्गत भएको सवारी दुर्घटना सहितको जनचेतनामूलक कार्यक्रम सम्बन्धि विवरण सार्वजनिक गरेको छ।
जिल्ला ट्राफिक कार्यालयले आ.व. ०८०/८१ मा सवारी दुर्घटना १३५ रहेकोमा ४६ को मृत्यु भएको तथा गम्भीर घाइते ७९ भएको र ७८ व्यक्ति घाइते भएको बताएको छ।
त्यसैगरी ट्राफिक कार्यालयले ०८१/८२ मा ११० सवारी दुर्घटना भएकोमा ४२ जनाको मृत्यु भएको छ भने ६० व्यक्ति गम्भीर घाइते र ८८ व्यक्ति सामान्य घाइते भएको जानकारी गराइएको छ।
आ.व.०८१/८२ मा कुल ३० हजार ८ सय ९ लाई कारवाही भएको थियो भने २ करोड ३७ लाख ७० हजार राजस्व प्राप्त भएको पनि जनाइएको छ।
ट्राफिक कार्यालयले जिल्ला अन्तर्गतका विद्यालय र समुदाय केन्द्रित कार्यक्रमलाई थप निरन्तरता दिदै आएको बताएको छ। जसमा ०८०/८१ मा जनचेतनामूलक कार्यक्रम सङ्ख्या ३,५१९ रहेको थियो भने कार्यक्रमबाट २ लाख २६ हजार ३ सय ९ व्यक्ति लाभान्वित थिए।
त्यसैगरी ०८१/८२ मा कार्यक्रम सङ्ख्या ४ हजार २ सय ५१ भएकोमा त्यसबाट ३ लाख १३ हजार ४ सय ४६ व्यक्ति लाभान्वित भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख ट्राफिक इन्सपेक्टर जनकराज बन्जाराले जानकारी दिनुभयो।
यसै क्रममा जिल्ला ट्राफिक कार्यालय प्रमुख बन्जारा संग सवारी दुर्घटना र न्यूनीकरणको प्रयासबारे हाम्रा सहकर्मी वरिष्ठ संवाददाता आर.पि.उपाध्याय संग संक्षिप्त कुराकानीमा उहाँले राजमार्ग आसपासका इलाकामा सवारी दुर्घटनामा कमी आएको जानकारी दिदै भित्री सडक खण्डमा सवारी दुर्घटनामा चुनौती नै रहेको बताउदै सवारी चालकहरुलाई सडक मै रोकि जनचेतनामूलक कार्यक्रम गर्दै आएको प्रतिक्रिया दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित