Rashtriya Dainik

श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम

काठमाडौँ,२ साउन । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गरेको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको मन्त्रिस्तरीय बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गरेको मन्त्रालयले जनाएको छ ।

बिहीबार मन्त्रालयले चिया बगानबाहेकका श्रमिकका हकमा लागु हुनेगरी निर्धारण गरिएको पारिश्रमिकअनुसार मासिक आधारभूत पारिश्रमिक १२ हजार १७० र महँगी भत्ता ७ हजार ३८० गरेर १९ हजार ५५० निर्धारण गरेको छ ।

यस्तै दैनिक ज्यालादारीका हकमा आधारभूत ज्याला ४७० र महँगी भत्ता २८४ सहित ७५४ तोकिएको छ । यस्तै प्रतिघण्टाका हकमा १०१ रुपैयाँ र आंशिक काम मात्र गर्ने कामदारका हकमा प्रतिघण्टा न्यूनतम १०७ रुपैयाँ निर्धारण गरिएको छ ।

श्रम ऐन, २०७४ को दफा १०६(१) बमोजिम प्रत्येक दुई वर्षमा दफा १०७ बमोजिमको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रम मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने व्यवस्था छ ।

यसअघि नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गर्न सिफारिस गरेको थियो । यसअघि श्रमिकको न्ययूनतम पारिश्रमिक १७ हजार ३०० रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित