Rashtriya Dainik

मल नपाएपछि पश्चिम नवलपरासीका किसान चिन्तित

उमेश बि.क / नवलपरासी ,१ साउन

पश्चिम नवलपरासीका किसानले आवश्कताअनुसार मल खरिद गर्न नपाएपछि चिन्तामा परेका छन् । गाेडमेलकाे समयमा आवश्यकताअनुसार मल नपाउँदा खेतीपाती राम्रो नहुने भन्दै उनीहरू चिन्तामा परेका हुन् ।

सरावल गाउँपालिका–४ का जाहिर खाँले समयमा मल नपाउँदा उत्पादन वृद्धि नहुने भन्दै चिन्ता व्यक्त गरे । उनले हरेक वर्ष यस क्षेत्रका किसानले मलको समस्या झेल्दै आएको सुनाउँदै सरकारी निकायले आफूहरूको समस्यामा ध्यान नदिएको गुनासो गरे ।

‘मलको समस्या सधैँ बल्झिरहन्छ, मल नपाउँदा भारतबाट महँगोमा मल किनेर ल्याइन्छ । त्यो पनि प्रहरीहरूको गाली खानुपर्छ त कहिले कुटाइ खानुपर्छ,’ राजेन्द्र बि.कले भने । रासायनिक मलको अभाव भएपछि धान कसरी हुन्छ भन्ने चिन्ता बढेको उनले बताए ।

‘जसाेतसाे धान राेपाई गरियाे हाल गाेडमेलकाे समयमा मलखादको जोहो गर्नुपर्ने हो । अहिले मल पाउन सकिएको छैन,’ बि.क भने, ‘पश्चिम नवलपरासीमा आवश्यकताअनुसार रासायनिक मल मौज्दात नहुँदा समस्या सिर्जना भएको हो।’

किसानहरु भारतीय नाकाबाट मल ल्याउन खाेज्दा पुलिस प्रशासन ल्याउन नदिने र मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ बाध्यता रहेको छ।

नवलपरासीका सांसद र बिधायकहरु भने यश तर्फ ध्यान नदिदा किसान झन मर्कामा परेका छन। सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिँदा किसान मारमा परेका छन् । खेतीबारीमा व्यस्त हुने किसान दिनभर मलको खोजीमा भौँतारिरहेका भेटिन्छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित