राष्ट्रिय दैनिक / नवलपरासी,१ साउन
नेपाली कांग्रेस रामग्राम १४ वडा कार्य समितिको आयोजनामा एक भव्य भेटघाट कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको नेपाली कांग्रेस रामग्राम १४ का वडा कार्य समितिका सभापति रमेश पासीकाे अध्यक्षता तथा काङ्ग्रेसकाे केन्द्रीय सदस्य, सहकारी विभागका प्रमूख र पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यतामा भेटघाट कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा बाेल्दै नेता कण्डेलले नेपाली कांग्रेसको संगठनलाई सुदृढ बनाउन र आगामी चुनावमा पार्टीलाई विजयी बनाउन सक्रियता र साझा प्रयासहरूको आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको संगठन बलियो हुँदा मात्र हाम्रो पार्टीको भविष्य उज्जवल हुनेछ। यही कारणले हाम्रा सबै कार्यकर्ताले एकजुट भएर पार्टीको उद्देश्य र नीतिहरूलाई जनतासम्म पुर्याउनु पर्नेछ। रामग्राम १४ वडामा देखिएको उत्साह र सक्रियता हाम्रो लागि प्रेरणादायी छ। हाम्रो लक्ष्य भनेको जनताको हितमा काम गर्ने र राष्ट्र निर्माणको प्रक्रियामा कांग्रेसको योगदान सुनिश्चित गर्नु हो।”

कण्डेलले अगाडि थप्नुभयो, “हाम्रो पार्टीका सदस्यहरूको सक्रियता र नेताहरूको एकता नै पार्टीको बल हो। यसैले हामी हाम्रो आगामी कार्य योजनाहरूलाई थप प्रभावकारी र व्यावहारिक बनाउनको लागि यो किसिमका बैठकहरूको निरन्तरता राख्न जरुरी छ।”

कार्यक्रममा क्षेत्र नं. २ का सभापति माधव पाण्डेय , महासमिति सदस्य गुणनिधि तिवारी र महाधिवेशन प्रतिनिधि वैजनाथ जैसवालकाे विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीका नेताहरू र कार्यकर्ताहरूसँग मिलेर आगामी चुनाव र पार्टीको संगठन सुदृढीकरणका विषयमा छलफल र संवाद भएको थियो। पार्टीका सदस्यहरूको उत्साह र सक्रियता पुर्वक आ आफ्नो धारणा राेखेका थिए।

भेटघाट कार्यक्रममा पार्टीका नेताहरूले पार्टीको नीति र कार्यक्रमलाई जनताको बीचमा पुर्याउने कामलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए। साथै, आगामी समयको लागि रामग्राम १४ वडामा पार्टीको संगठनलाई थप मजबुत बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका हुन।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

