राष्ट्रिय दैनिक / नवलपरासी ,१ साउन
रोटरी क्लब अफ नवलपरासीले २०२४/२५ को अन्तिम कार्यक्रम अन्तर्गत नवलपरासी जिल्लामा बसोबास गर्ने आठ जना शारीरिक अपांगता भएका व्यक्तिहरूलाई व्हिलचेयर वितरण गरेको छ।
एक विशेष कार्यक्रम बिच जोखना प्रसाद थारु,सदिक अहमद धुनिया,हेमा पटेल,अतिफ अलि,बल बहादुर कुवर ,डम्वर बहादुर चौधरी ,गौरी शंकर बेलदार र मेधना लोहनिया गरी ८ जनालाई व्हिलचेयर हस्तान्तरण गरिएको हाे।

रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष रो. सुनिल कुमार कसौधनकाे अध्यक्षता तथा रोटरी क्लब अफ नवलपरासीका संस्थापक अध्यक्ष रो. सुमन गोपाल आचार्यकाे प्रमुख आतिथ्यतामा व्हिलचेयर वितरण गरिएको हाे।
साे अवसरमा बाेल्दै प्रमुख अतिथि आचार्यले अपांगता भएको व्यक्तिहरूको शु-स्वास्थ्यको कामना गर्दै व्हिलचेयरको माध्यमबाट यी व्यक्तिहरूको जीवनलाई अझ सहज र सजिलो बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यस्तै रो. सुनिल कुमार कसौधनले, “आफू भन्दा माथि सधैं सेवा” भन्ने अवधारणामा विश्वास राख्दै रोटरी क्लबले यस कार्यक्रमको आयोजना गरेको बताउनुभयो । यस कार्यक्रमले समाजका शारीरिक रूपमा अपांग व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ।

रोटरी क्लब अफ नवलपरासीको यो कदमले सामुदायिक सेवा र परस्पर सहकार्यको महत्त्वलाई प्रकट गरेको छ र यसले समाजमा सकारात्मक सन्देश फैलाउने आशा गरिएको छ।
साे व्हिलचेयर वितरण कार्यक्रमकाे संयाेजन सन्ताेष कुमार गुप्ताले गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

