राष्ट्रिय दैनिक /नवलपरासी,१ साउन
सीमा अपराध, सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलकै सेटिङमा नवलपरासी सीमानाकाबाट खुलेआम तस्करी भइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
भारतीय सीमानाकासँग जोडिएको नवलपरासीका ग्रामीण भेगहरुमा सशस्त्र प्रहरीले सामान ल्याउने तस्करहरुसँग सेटिङ मिलाएर भन्सार छली ल्याउने सरसामान ओसारपसारमा सशस्त्र प्रहरीले आर्थिक प्रलोभनमा परी सहयोग गरिरहेका एक व्यापारीले बताएका हुन ।

सिमा नाकामा रहेको सशस्त्र प्रहरी विओपी भुजहवा , सशस्त्र प्रहरी विओपी गुठी परसौनी , सशस्त्र प्रहरी विओपी बलिनगरका सशस्त्र प्रहरी निरीक्षकहरूको संरक्षणमा बुडन्तवापुर ,भुजहवा ,पचफेडा ,बसहिया ,धर्मौली ,बैदोली , कठहवा ,बन्कट्टी ,कर्मीसवा , बलिनगर लगायतको नाकाबाट चिनी ,टायल, कपडा ,गाडीका पार्टपुर्जा ,फ्रिज ,कुलर ,काजु ,कस्टमेटीक समान ,इलेक्ट्रोनिक समान , कुखुरा ,माछा ,मकै ,चामल ,तोरी ,हुक्कामा फेलेबर जस्ता समानहरूका तस्करी मौलाएको स्रोतको दाबी छ । संगठनले दिएको जिम्मेवारीलाई भुलेर तस्करी गर्नेहरूसँग सेटिङ मिलाई तस्करी गराइरहेको सशस्त्र प्रहरी माथि आरोप छ ।

विगत केही महिना देखि बन्द रहेको तस्करी अहिले भुजहवा विओपी , गुठी परसौनी विओपी , बलिनगर विओपीमा नयाँ हाकिम आएदेखी आर्थिक चलखेल निर्वाध रूपमा तस्करी भइरहेको स्थानियले समेत बताएका छन् ।

यी विओपीका प्रमुख आएलगत्तै सुरुवाती समयमा देखावटी रुपमा कडाइ गर्छन् तर बसाइ लम्बिने क्रममा प्रशासन र सुरक्षा प्रमुख प्रतिवद्धताबाट चिप्लिने गरेको पाइन्छ । उनीहरुको प्रतिवद्धताविपरीत भारतसँगको सिमावर्ती क्षेत्र लगायत नाकाहरूबाट तस्करी भइरहन्छ ।
यहाँका व्यावसायीहरू भन्छन्– ‘तस्करीको लाइन’ नमिल्दासम्म कडा प्रतिवद्धता सुनिन्छन् । जब लाइन मिल्छ, त्यसपछि प्रशासन लगायत सरोकारवाला ‘तैँ चुप, मैँ चुप’ हुन्छन् ।

यी बिओपीका प्रमुख तथा ड्यूटीमा खटेका प्रहरीलाई प्रलोभनमा पारेर तस्करहरूले यी नाकाहरूबाट दैनिक लाखौँ रुपैयाँ बराबरको राजस्व छली हुने गर्दछ । तस्करहरुले लाखौं मूल्यका सामग्रीहरू अवैध रुपमा भंसार छली गरी नेपाल भित्र्याउने र नेपालबाट भारत भित्र्याउने गरेको स्रोतले जनाएको हो । यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

