Rashtriya Dainik

कार्यालयबाटै १ लाख रुपैयाँ घुससहित मेयर साह पक्राउ

सिरहा,३२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

बुधबार आयोगको बर्दिबास टोलीले नगरपालिकाको कार्यालयबाटै उनलाई १ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

निर्माण भएको नालाको कमिसनवापत उनले एक रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । २० लाख बजेटमा नाला निर्माण भएको थियो । २० प्रतिशत कमिसन मागेका मेयर साह १ लाख रुपैया लिने क्रममा पक्राउ परेका हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित