Rashtriya Dainik

नवलपुरकाे गैंडाकोटमा ट्रक रोकिँदै, दाउन्ने सडक खण्डमा ट्राफिक चाप व्यवस्थापन प्रयास

तिर्थराज काफ्ले /कावासोती,९ असार

एक सातादेखि अवरुद्ध रहेको दाउन्ने सडक खण्डमा सवारी चाप बढ्न नदिन प्रहरीले सोमबार गैंडाकोटमा मालबाहक ट्रकहरू रोक्ने निर्णय गरेको छ।

करिब ६० किलोमिटर टाढाको गैंडाकोट क्षेत्रमा ट्रकहरू रोकिँदा अवरुद्ध क्षेत्रसम्म गाडीको भीड नबढ्ने र वैकल्पिक व्यवस्थापन सहज हुने विश्वास प्रहरीले लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक खुल्न समय लाग्ने देखिएकाले अग्रिम नियन्त्रणका उपायस्वरूप ट्रकहरूलाई समयमै नियन्त्रणमा राखिएको हो।

अवरुद्ध सडकमा सवारी साधन जाम भएर थप समस्या नहोस् भन्ने उद्देश्यले ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ। प्रहरीले अन्य साना सवारीलाई आवश्यक सावधानीसहित सञ्चालन गर्ने प्रयास गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित