Rashtriya Dainik

उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा कर छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमृता सुनार/नवलपरासी ,९ असार

उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा तथा करदाता सेवा कार्यालय परासीको समन्वयमा व्यवसायीहरुका लागी आर्थिक विधेयक २०८२ कर छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघ सुनवलका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलको अध्यक्षता एवम करदाता सेवा कार्यालय भैरहवाका कर अधिकृत प्रेमराज पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।


कार्यक्रममा करदाता सेवा कार्यालय भैरहवाका कर अधिकृत प्रेमराज पोखरेलले आर्थिक विधेयक २०८२ का प्रावधान बारे जानकारी गराउँदै उद्योगी व्यवसायी र करदाता सेवा कार्यालयको सुमधुर सम्बन्ध हुनुपर्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीका तर्फबाट आएका जिज्ञासा र प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा विभिन्न संघ सस्था, उधोगी, व्यापारीहरुको उपस्थिती रहेको थियो । उद्योग वाणिज्य संघ सुनवलका महासचिव तेज प्रसाद भण्डारीको संचालन रहेको कार्यक्रमको सहजीकरण करदाता सेवा कार्यालय परासीका कर अधिकृत फर्सुराम पोखरेलले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित