आरपि उपाध्याय / नवलपरासी ,१४ जेठ
थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरको आयोजनामा भूमिहिन नागरिकको लागि आवास निर्माण सम्बन्धि एक दिने अन्तर्कृया कार्यक्रम सुस्ता ३ को बहु उद्देश्यीय हलमा सम्पन्न भएको छ।
थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरका अध्यक्ष देवानन्द सिंह फौजदारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले तीन तहको सरकारले गर्न नसकेको कार्यलाई थारु मिलन केन्द्र नेपालले भूमिहीन नागरिकको लागि आवास निर्माण सम्बन्धि गर्न लागेको कार्य सराहनीय रहेकोले यो कार्य गर्दा पारदर्शी र जावाफदेही रुपमा अगाडि बढाउन सकिए यसको परिणाम सुखद रहने धारणा राख्नु भयो।

सो अवसरमा सुस्ता गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीले सुस्ता गाउँपालिका अन्तर्गतका भूमिहीन नागरिकलाई पहिचान गरि भूमिहीन वर्गलाई आवास निर्माणका लागि सिफारिस गरिए त्यस्ता खाले नागरिकमाथि न्याय हुने विचार व्यक्त गर्दै सो कार्यमा जनप्रतिनिधिहरु पनि पुर्ण रुपमा इमानदार र जवाफदायी हुनुपर्ने जिकिर गर्नुभयो।
कार्यक्रममा सुस्ता गाउँपालिका वडा न.१ का वडा अध्यक्ष अशोक कुमार चौधरी, वडा न.३ का वडा अध्यक्ष हरिलाल दुषाध,थारु मिलन केन्द्र नेपालका संस्थापक अध्यक्ष राधेश्याम चौधरी, सदस्यहरु सम्झना चौधरी,रिन्की चौधरी लगायतले कार्यक्रमको गतिविधि माथि प्रकाश पार्नुभएको थियो।
२०६६ सालमा स्थापना भएको थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर २०७९ साल असोजमा दर्ता भइ विभिन्न किसिमको सामाजिक गतिविधि गर्दै आएको पनि बताइएको छ।
पश्चिम नवलपरासीको ७ ओटा स्थानीय तहहरुमा भेला,गोष्ठी,अन्तर्कृया गरि कार्यक्रमलाई गन्तव्यमा पुर्याउन सबै पक्षको राय,सुझाव संकलन गर्दै आएको सेन्टरले बताएको थियो।

भूमिहीन नागरिकको पहिचान गरि पश्चिम नवलपरासीबाट ७१७ भूमिहीन नागरिकलाई १ वर्षको अवधिभित्र विद्युत,पानी सहितको आवास बनाइदिने लक्ष्य रहेको कार्यक्रम सञ्चालक शत्रुधन प्रसाद चौधरीले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

