Rashtriya Dainik

प्रेस युनियन नवलपरासीद्वारा स्थापना दिवसमा दीप प्रज्ज्वलन

राष्ट्रिय दैनिक / नवलपरासी ,१४ जेठ

नेपाल प्रेस युनियन नवलपरासी शाखाले मंगलबार दीप प्रज्ज्वलन तथा शुभकामना आदान प्रदान गरेको छ । युनियनको ३४ औं स्थापना दिवसको अवसर पारेर बुद्धचाेक परासीमा दीप प्रज्ज्वलन गरिएको हो ।

प्रेस युनियन नवलपरासीकाे अध्यक्ष उमेश कुमार बि.क काे अध्यक्षता तथा नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्ष केशव पराजुलीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा बोल्दै महासंघ अध्यक्ष पराजुलीले पत्रकारहरुको पेशागत हकहितका लागि युनियनले खेलेको भुमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नुभएको थियोे । नवलपरासीको पत्रकारको चर्चा गर्दै निर्वाचनको समयमा मात्र पदकाे लागि तक्षार मक्षार नगरेर अन्य समयमा पनि पत्रकार क्रियाशील रहनुपर्ने कुरा राख्नुभएको थियोे ।


कार्यक्रममा युनियनका पूर्व अध्यक्ष पुरुषाेत्तम सुवेदी , प्रेस चाैतारीकाे प्रदेश सदस्य बेनी बस्याल ,प्रेस चाैतारीकाे जिल्ला अध्यक्ष गाैरी शंकर जैसवाल , प्रेस सेन्टरकाे उपाध्यक्ष रामकरण हरिजन, परासी प्रेस क्लबकाे अध्यक्ष माेहन पाैडेल लगाएतले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा प्रेस युनियनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए ।

प्रेस युनियनको उपाध्यक्ष सन्जिव काेइरालाकाे स्वागत मन्तब्यबाट सुरु गरिएको कार्यक्रमकाे सन्चालन प्रेस युनियन नवलपरासीका सचिव अनिल यादवले गरेका थिए ।

प्रजातान्त्रिक पत्रकारहरुको भेलाले ट्रेड युनियनको अवधारणामा पत्रकारहरुको पेशागत हकहितका लागि एकतावद्ध र संगठित रुपमा अंगाडि बढ्ने दृढ संकल्प सहित २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित