Rashtriya Dainik

नेपाल आधारभुत विद्यालय प्रसैयामा अभिभावक शिक्षा तथा अभिमुखिकरण सचेतना कार्यक्रम सम्पन्न

आरपी उपध्याय/ नवलपरासी

नेपाल आधारभुत विद्यालय प्रसैया विनयी त्रिवेणी ६ को आयोजनामा अभिभावक शिक्षा तथा अभिमुखिकरण सचेतना कार्यक्रम आइतबार विद्यालयमा सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक यम सिंह थापाको अध्यक्षतामा सचेतना कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजित कुमार मल्लले विद्यालयको विकासको लागि अभिभावक वर्गको महत्वपूर्ण भुमिका रहने हुँदा सम्पन्न अभिमुखी तथा सचेतना कार्यक्रमबाट अभिभावकलाई विद्यालय र विद्यार्थी प्रती अझ बढी जवाफदेही बनाउन फलदायी रहने धारणा राख्नुभयो।
अभिमुखी तथा सचेतना कार्यक्रमलाई सहजीकरण गर्दै विद्यालयका पुर्व प्र.अ. आर.पि.उपाध्यायले अभिभावक,शिक्षक र विद्यार्थीको विद्यालय प्रती अहम भुमिका रहने हुँदा अभिभावक वर्गले आफ्ना बालबालिकाहरुलाई घरको समयमा बढी हेरचाह गर्नुको साथै बोली, भाषा र रहनसहन लगायत कार्यमा निगरानी गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय सेवा अन्तर्गतका १५० अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, अभिभावक वर्ग र भूपू विद्यार्थीहरुको उपस्थिति रहेको सहायक प्रधानाध्यापक एवं विद्यालयकी सुचना अधिकारी लक्ष्मीदेवी काफ्लेले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित