कृष्ण यादव/बिरगन्ज,१० जेठ
सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको बिओपीको संरक्षणमा पर्साको ग्रामीण भेगका अमरपर्टी, झौवा, मधवल र बार्व नाकाबाट व्यापकरुपमा तस्करी फस्टाएको छ। पर्साको ग्रामीण भेगमा पर्ने नाका यीनाकाहरुबाट व्यापक रुपमा तस्करीको लाइन खुलेको छ । सिमानाकामा खटने सशस्त्र प्रहरीको मिलोमतोमा लत्ताकपडा, कबाड, हाडयेवर,कुखुराको चल्ला , रजनिगंधा, राजनिवास,र डाबरको पेस्ट , लेक्मी क्रेिमको, मकै , हड्डीको ठूलो मात्रामा तस्करी हुँदै आएको हो।
सशस्त्र प्रहरी बलको सिमानाकामा २४ औ घण्टा डियुटी रहदा पनि तस्करहरुले डियुटी खर्च दिई ठुलो मात्रामा तस्करीको सामानहरु ओहोरदोहोर गर्दे आएका छन्। सशस्त्र प्रहरी बल बिओपी अमरपर्टी नाकाबाट राजकुमार भन्नेले तस्करहरुको ५/ ७ वटा मोटरसाइकलमा लोड गरि दिन दिहाडै तस्करी भईरहेको सर्वसाधारणहरुले बताएका छन।
यसैगरि अमरपर्टी बिओपीको मिलोमतोमा बाट धर्मेन्द्र , सरुप र संदिपको ठुलो मात्रामा बोयाईलर कुखुराको चल्लाको तस्करी रातीको समयमा ५ देखि ८ वटा मोटरसाइकलमा लोड गरि विभिन्न कुखुरा फर्माहरुमा पुर्याउने गरेका छन।त्यसैगरि बार्वा घाटबाट तारकेशवर रजनिगन्धा ,अमरपर्टीबाट बैठा ग्रुप, संदिप किराना ग्रुप , जलाउदीन कबाडी , जयप्रकाश कबाड र टुनाको धानको व्यापकरुपमा तस्करी बढेको छ।
सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी हुँदै आएपनि मिडिया बाजि गर्नको लागि सशस्त्र प्रहरीका गण, गुल्म र बिओपिले घरायसी सामान र प्याज , बिस्कुट,चकलेट समातेर प्रचारबाजी गराउदैआएका छन्। एकातिर घरखर्चका लागि थोरै मात्रामा ल्याइएका सामान समाएर सर्वसाधारणलाई हैरानी पारिन्छ भने अर्को तर्फ रातभर तस्करलाई लाइन दिएर रकम असुली गर्ने गरेको सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीका प्रमुख एवम प्रहरी निरीक्षक धुर्ब भट्ट माथि आरोप लागने गरेको छ।
सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख एवम डिआईजी कुष्णा ढकालले अहिले गण , गुल्म र बिओपीहरुको निरिक्षण गरिरहेको बेलामा नै उनको आँखाँ अगाडी नेै पर्साको विभिन्न नाकाहरुबाट तस्करी हुँदै आएको छ।प्रमुक ढकालको निरीक्षणको बेलामा नै ठुलो मात्रामा तस्करी लाइन सुचारु हुँदै आएको छ भन्ने आउने दिनमा झन तस्करी बढनु स्वाभाविक नै हो।
सशस्त्र प्रहरी निरीक्षक भट्टले आफु डिआईजीको भाई रहेकोले कसैले केही गर्न सक्दैन भन्दै तस्कहरु संग मोटो रकम बुझि तस्करीको लाईन खुला गराएको नाम नछाप्रने सर्तमा एक तस्करले बताएका छन।
स्थानियको अनुसार तस्करहरुको बाँस बिहान देखि बेलुका सम्म बिओपीमा नै हुन्छ।यश बिषयमा बुझनको लागि बिओपी पति भट्टको मोबाइल नम्बर 9851272330 मा फोन सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

