राष्ट्रिय दैनिक / नवलपरासी ,९ जेठ
पश्चिम नवलपरासीको बर्दघाटस्थित शहीद स्मृति सामुदायिक अस्पतालमा मृगौला पीडितका लागि डायलसिस सेवा सञ्चालन गर्न महाअभियानको सुरुवात गरिएको छ। लुम्बिनी प्रदेशका वन तथा वाताबरण मन्त्री देवकरण कलवारको प्रमुख अतिथ्यतता तथा अस्पताल विकाश समितीका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा कार्यक्रमको सुरुवात गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कलवारले मृगौला पीडितहरुका लागि डायलसिस सेवा सन्चालन गर्न प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्न आफुले पहल गर्ने बताउनुभएको छ ।यस्तै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको संयोजकत्वमा “मिर्गौला पीडित स्वास्थ्य उपचार सेवा सञ्चालन कार्यदल’ गठन गरी एक घर, एक हजार’ सहयोग गर्न सम्पुर्ण नगरवासी, उद्योगी, व्यवसायी, संघ संस्थाहरुलाई अनुरोध गरिएको छ ।
नगर प्रमुख श्रेष्ठले जिल्लाका करिब २५० भन्दा बढि मृगौला पीडितहरु डायलसिस सेवाका लागी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बतएका छन् । उहाले जिल्लामा डायलासिस सेवा उपलब्ध नहुदा धेरैजसो बिरामीहरू बुटवल, भैरहवा, चितवन, काठमाडौं जान बाध्य भएको बताएका छन् । हाल शहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा ६ वटा डायलसिस मेसिनमध्ये ४ वटा सञ्चालन योग्य रहेको छ । यस्तै खराब बाटोको कारण ल्याउदा बिग्रेर फिर्ता पठाईएको दुईवटा मेसिन पुन: बनेर आउने जनाईएको छ।
अस्पतालमा डायलसिस सेवा सञ्चालनका लागि वार्षिक ४० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। साथै निकट भबिष्यमा अस्पतालमा बर्थिङ सेन्टर र ब्लड बैंक स्थापना गर्ने नगरपालिकाको योजना समेत रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

