काठमाडौं । काठमाडौंबाट दक्षिणमा रहेको करिब ७ किलोमिटर टाढा रहेको एैतिहासिक नगरी कीर्तिपुरमा विंरगना रानी कीर्तिलक्ष्मीको प्रतिमा स्थापना हुने भएको छ ।
कीर्तिलक्ष्मी प्रतिमा निर्माण उपभोक्ता समिति तथा सम्पदा तथा सामाजिक अभियान्ता शुद्वरत्न महर्जनले कीर्तिपुरको इतिहासको चर्चा गर्दै विरंगना कीर्तिलक्ष्मीको प्रतिमा बनाउने कार्य लगभग पूरा भएकाले अहिले रंगरोगन गर्ने कार्य बाँकी रहेको जनाए ।
यस्तै गरी संस्कृतविद् प्रयागमान प्रधानले कीर्तिराज्यलक्ष्मीको प्रतिमा निर्माणले स्व। हरिशरण महर्जनको सपना साकार हुन लागेको जनाउँदै सम्पूर्ण कीर्तिपुरका स्थानीय बासिन्दाको धारणा सुनेर कीर्तिलक्ष्मीको प्रतिमाको आकार दिएको जनाए । उनले विशेषगरी प्रतिमा स्थापनामा प्राविधिक समस्या सामना गर्नु पर्नेमा जोड दिए ।
कीर्तिपुरवासीले कीर्तिलक्ष्मीलाई गोरखाली फौज पृथ्वनारायण शाहसंग युद्वको क्रममा कीर्तिपुरको तर्फवाट नेतृत्वसहित विरता प्रर्दशन गरेको सम्मान स्वरूप विरंगना कीर्तिलक्ष्मीको प्रतिमा स्थापना गर्न लागेको हो ।
हालको लागि कीर्तिपुरकै गौरवको रूपमा रहेको कीर्तिलक्ष्मी कीर्तिपुर नगरपालिका वडा नं. १ बाघभैरव प्रवेशद्वार बाहिर राखिने छ भने पछि कीर्तिपुर नगपालिका प्रवेशद्धार लेबोटरी स्कूल नजिक नयाँ बाटोमा निर्माण गर्ने तयारी गरेको छ भने उक्त स्थानमा नै कीर्तिलक्ष्मीको प्रतिमा राखिने छ ।
कीर्तिलक्ष्मीको प्रतिमा अव केहि दिनमा बाजागाजासहित कीर्तिपुरमा ल्याउने व्यवस्थापन कीर्तिपुर वडां १० ले जिम्मेवारी लिने छ ।
बागमती प्रदेश सांसद एवम् पूर्व मन्त्री पुकार महर्जन बजेट कूल रु. १६,६६,९५३।६४ १६, लाख, छसाठ्ठी हजार नौसय त्रिपन्न, बिनियोजित गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

