Rashtriya Dainik

त्रिवेणीधाममा गुरु सम्मानसहित प्रणामी परिवारको भव्य भेटघाट

आरपि उपाध्याय / नवलपरासी ,१३ साउन

कृष्ण प्रणामी सेवा समिति त्रिवेणी धाम नवलपुरको आयोजनामा गुरु सम्मान सहित प्रणामी परिवार भेटघाट कार्यक्रम बुधबार प्रणामी मन्दिर त्रिवेणीमा सम्पन्न भएको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिम कोइरीको अध्यक्षतामा गुरु सम्मान सहित प्रणामी परिवार भेटघाट कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका त्रिवेणी गजेन्द्र मोक्ष धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले भगवान विष्णुको पाउको रुपमा रहेको गजेन्द्र मोक्ष त्रिवेणी धामले त्रिवेणीको महिमा अन्तर्राष्ट्रिय स्तरमै पुर्याएको बताउदै हिन्दु धर्मको अधिकांश पवित्र तीर्थस्थलहरु नदीको किनारमै रहेको चर्चा गर्नुभयो।

राज्यले त्रिवेणी धामको विकास जुन रुपमा ध्यान दिनुपर्ने हो,त्यो रुपमा ध्यान नपुर्याएर यहाँका नागरिकहरुले नै कथा,पुराण,भागवत लगायत धार्मिक क्रियाकलाप गरेर यो क्षेत्रको विकास भैरहेको चर्चा गर्दै कार्यकारी निर्देशक भुसालले पछिल्लो समयमा गण्डकी प्रदेश सरकारबाट त्रिवेणीको विकासका लागि गजेन्द्र मोक्ष क्षेत्र विकास समिति गठन गरी विकासको प्रक्रिया अगाडि बढाएको जिकिर गर्नुभयो।

भुसालले कृष्ण प्रणामी मन्दिर विकासको लागि विधी,प्रक्रिया अनुसार आर्थिक पारदर्शिताको परिधिभित्र रहि क्षेत्र विकास समितिले सो कार्य गर्न पुर्ण प्रतिबद्ध रहेको बताउनु भएको थियो।

सो अवसरमा कृष्ण प्रणामी सेवा समितिका केन्द्रिय सदस्य मुरली कृष्ण खनालले नेतृत्व विकास,क्षमता अभिवृद्धि कार्यक्रम हालको समयमा नितान्त आवश्यक रहेकोेले यस्ता कार्यलाई प्राथमिकता दिने बताउदै खनालले संसारका सबै प्राणीको कल्याण र रक्षा गर्ने भगवान कृष्णको महिमा हालको समयमा पनि सान्दर्भिक रहेको बताउनु भयो।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष कृष्ण घिमिरे,पत्रकार आर.पि. उपाध्याय लगायतले कृष्ण प्रणामी मन्दिर त्रिवेणीको मन्दिर विकासतर्फ क्षेत्र विकास समितिले ध्यान दिनुपर्ने कुरा बताउनु भयो।
कृष्ण प्रणामी मन्दिर त्रिवेणीका संस्थापक पिठाधिस फलहारी बाबाले ५० वर्ष पहिले सानो मन्दिरको निर्माण गरी धार्मिक क्रियाकलाप गर्दै आउनु भएको समितिका सचिव जयराम यादवले जानकारी दिनुभएको छ।


कार्यक्रममा कृष्ण प्रणामी मन्दिर त्रिवेणीमा पछिल्लो समययता आर्थिक अपारदर्शिता बढेको, एक द्वार प्रणाली अन्तर्गत आम्दानी खर्च गर्नुपर्ने र मन्दिरको स्वामित्वमा रहेको जग्गालाई आर्थिक अनुशासन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने सुझाव पनि दिइएको थियो।
कार्यक्रममा ३ सयभन्दा बढी श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो भने एक दर्जन गुरु सहित साधुसन्तलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित