Rashtriya Dainik

रामग्रामका बोर्डिङ स्कुलमा गरिब परिवारका बालबालिकाहरु निशुल्क पढ्न पाउने

सुरेश यादव / नवलपरासी ,७ जेठ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नेपालमै पहिलो पटक निजी तथा आवसिय अर्गनाईजेशन प्याबसनसंगको समन्वयमा मेयर छात्रबृति कार्यक्रम सन्चालनमा ल्याएको छ ।

रामग्राम नगरपालिकाले नगरभित्र रहेका कुल २४ वटा बोर्डिंग स्कुलहरुमा कक्षा ४ देखि ११ सम्म २ सय ५० जना गरिब तथा विपन्न बालबालिकाहरुका लागी निशुल्क पढ्ने व्यवस्थासहितको कार्यक्रम ल्याएको हो ।

बुधवार पत्रकार सम्मेलनको आयोजना गरि नगर प्रमुख धनपत यादवले प्याब्सन र नगरपालिकाबिचको समन्वयमा सञ्चालनमा ल्याएको मेयर छात्रवृत्ति कार्यक्रममा नगर क्षेत्रका गरिब तथा बिपन्न, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार, सीमान्तकृत समुदाय र सहिद परिवारका बालबालिकाहरुले ड्रेस र कापी-किताबबाहेक यातायातको सुविधासहित निशुल्क रुपमा पढ्न पाउने बताउनुभयो । उहाले छनौटको मापदण्ड बनाएर विभिन्न संस्थागत विद्यालयमा निशुल्क अध्ययनका लागी बालबालिकाहरुलाई पठाईने बताउनुभयो ।

यस्तै प्याब्सन रामग्राम नगर अध्यक्ष बलिराम यादवले नगरपालिकाले सुरु गरेको शैक्षिक सुधारको अभियानमा बोर्डिंग स्कलहरुको साथ र सहयोग रहने बताउनुभएको छ। उहाले नगरप्रमुखले गरेको अनुरोधलाई स्विकार्दै उत्तरदायित्वलाई बहन गर्नुपर्छ भन्दै समस्याको बिचमा पनि नगरपालिकालाई सहयोग गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

नगरभित्र रहेका एउटा निजी विद्यालयमा कम्तिमा १२ देखि लिएर १५ जनासम्म विद्यार्थीहरु निशुल्क रुपमा पढ्ने छन् । करिब साढे दुई सय विद्यार्थीहरुका लागी संस्थागत विद्यालयहरुको बार्षिक एक करोड रुपैया खर्च हुने अनुमान छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित