पर्सा । बिरगंजबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध बरामद गरेको छ । भारतबाट तस्करी गरेर ल्याइदै ८१ हजार ४९० पिस ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाको भकुवा नकाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामदती ट्याब्लेटको मूल्य भारतमा ७ लाख रुपैयाँ भन्दा बढी रहेको बताइएको छ । भारतको रक्सौलबाट छपकैयाको भकुवा नाका हुदै ठूलो परिमाणमा लागू औषध नेपाल भित्रिदै छ भन्ने सूचना मंगलबार बिहानै सशस्त्र प्रहरीलाई प्राप्त भएको भएको थियो । उक्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको नेतृत्वमा सशस्त्र प्रहरीको टोली भकुवा नाकामा पुगेको थियो । भकुवा नाकास्थित सिर्सिया नदी तरेर दुई जना तस्करहरु टाउकोमा लागू औषधले भरिएको कार्टुन बोकर छपकैयातर्फ आउँदै गर्दा सशस्त्र प्रहरीलाई देखेपछि उनिहरु दुवै जना लागू औषधसहितको कार्टुन फ्याँकेर फरार भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए । कार्टुन खोलेर हेर्र्दा त्यसभित्र लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट ८१ हजार ४९० पिस बरामद भएको उनले बताए । बरामद उक्त लागू औषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको र तस्करहरुको खोजी कार्य भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।