Rashtriya Dainik

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी विद्युतीय अपराध मुद्दामा पक्राउ

राष्ट्रिय दैनिक / कपिलवस्तु ,६ जेठ

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । मंगलबार प्रहरीले उनलाई विद्युतीय अपराध(साइबर क्राइम) मुद्दामा पक्राउ गरेको हो ।

बलात्कृत युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको भन्दै गाउँपालिका अध्यक्ष विरुद्ध प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि जिल्ला अदालत रुपन्देहीले अध्यक्ष चौधरीलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो ।

उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा वियजी भएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित