Rashtriya Dainik

विनयी त्रिवेणी ७ शिवपुरगढीमा ३ दिने क्षमता अभिवृद्धि उद्घोषक तालिम सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,१९ जेठ

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ वडा कार्यालयको आयोजना तथा मध्यविन्दु सञ्चार सेवा कावासोतीको संयोजनमा ३ दिने क्षमता अभिवृद्धि उद्घोषक तालिम मङ्गलबार गुम्बा हल शिवपुरगढीमा सम्पन्न भएको छ।

विनयी त्रिवेणी ७ का युवायुवतीहरुलाई नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो।
तालिमको समापन समारोहमा प्रमुख अतिथि समेत रहनुभएका वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीले क्षमता अभिवृद्धि तालिमबाट सहभागी युवायुवतीहरुलाई क्षमता विकासका साथै वडा तहमा हुने सबै खाले कार्यक्रमलाई सञ्चालन गर्ने क्षमतामा उल्लेखनीय विकास हुने कुरामा आफू विश्वस्त रहेको जिकिर गर्नुभयो।

कार्यक्रममा वडा न.७ की वडा सदस्य शोभा क्षेत्री, सहभागीहरु कन्हैया लाल कुर्मी,लक्ष्मी ज्ञवाली,रामज्ञानी उपाध्याय लगायतले तालिम अत्यन्त फलदायी रहेको विचार व्यक्त गर्नुभएको थियो।

विनयी त्रिवेणी ७ बाट २५ को सङ्ख्यामा रहेका सहभागीहरुलाई पत्रकार द्वेय, विष्णु गौडेल र धनु भुसालले सहजीकरण गर्नुभयो।

क्षमता अभिवृद्धि तालिमबाट उत्कृष्ट भएका सहभागीहरुलाई वडा कार्यालय अन्तर्गतका औपचारिक र अनौपचारिक कार्यक्रम सञ्चालकको रुपमा सहजीकरण गर्नका लागि उत्साह बढाउने कार्यमा वडा कार्यालय सदैव प्रतिबद्ध रहने अध्यक्ष कार्कीले प्रतिक्रिया दिनु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित