राजन कुमार बानियाँ/पर्सा, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धोबीनी गाउँपालिका स्तरीय प्रथम अधिवेशन बुधबार सम्पन्न भएको छ। पर्सा क्षेत्र नं. ४ अन्तर्गत लंगडीमा आयोजित अधिवेशनबाट सुदिल पटेल सर्वसम्मत रूपमा धोबीनी गाउँपालिका सभापतिमा निर्विरोध चयन भएका छन्।
अधिवेशनबाट उपसभापतिमा राजु पटेल, सचिवमा निरज पटेल सहित ११ सदस्यीय गाउँपालिका समिति चयन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य ले नवनिर्वाचित पदाधिकारीहरूलाई फूलमाला तथा टीका लगाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राको अध्यक्षतामा सम्पन्न अधिवेशनमा पार्टी संगठन विस्तार, जनसरोकारका मुद्दा तथा आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो।
नवनिर्वाचित पदाधिकारीहरूले गाउँपालिकास्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

