Rashtriya Dainik

लागुऔषध सेवन गरी सवारी चलाउने ५ चालक बर्दघाटमा प्रहरी नियन्त्रणमा

आरपि उपाध्याय /नवलपरासी ,२१ जेठ

पश्चिम नवलपरासीको बर्दघाट चिसापानी स्थित पुर्व पश्चिम राजमार्गमा सवारी चेकजाँच गर्दा ५ जना चालक प्रहरीको नियन्त्रणमा परेका छन।

जिल्ला प्रहरी कार्यालय अन्तर्गत जिल्ला ट्राफिक कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटेको प्रहरी संयुक्त टोलीले ४० सवारी चालकलाई चेकजाँच गर्दा ५ सवारी चालक लागुऔषध सेवन गरेको अवस्थामा प्रहरीको नियन्त्रणमा परेका हुन।
सवारी चेकजाँचमा परेका लागुऔषध सेवनकर्ता चालकलाई कारवाहीको दायरामा लिइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको सुचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिएका छन।

राजमार्गमा सवारी चेकजाँच गर्दा लागुऔषध सेवन गरी सवारी चलाएका पाल्पा रिणीकोट बस्ने वर्ष ३५ को मन बहादुर राना, नवलपरासी बर्दघाट ४ का २९ वर्षीय अभिशेष भण्डारी,बर्दघाटकै वर्ष २२ का सुदीप नेपाली,कावासोती १४ बस्ने वर्ष २९ का लोक बहादुर थापा र बारा निजगढ ७ का ३० वर्षीय बिजय मगर रहेकोे प्रहरीले बताएको छ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ व्यक्ति अभियुक्तहरुलाई आवश्यक कानुनी कारवाही गर्न जिल्ला अदालत परासी पठाइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

पुर्व पश्चिम राजमार्ग र आसपासका इलाकामा लागुऔषध सेवन गरी सवारी चलाउदा अत्यधिक दुर्घटना हुन थालेपछि स्थानीय स्तरबाट त्यसको व्यापक विरोध पश्चात् प्रहरीले पनि लागुऔषध सेवन र मादक पदार्थ सेवन चेकजाँच कार्यलाई अभियानकै रुपमा तीव्रता दिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित