अमृता सुनार/नवलपरासी ,६ जेठ
आधारभुत तह उत्तीर्ण परिक्षा २०८१ मा ४ जिपिए तथा शतप्रतिशत ल्याउने सामुदायिक तथा निजि विद्यालयका विद्यार्थी तथा विद्यालयलाई रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले सम्मान गरेको छ ।
रामग्राम नगरपालिकाका मेयर धनपत यादवको अध्यक्ष्ता एवम नगरउपप्रमुख सम्झना चौधरीको विषेश आतिथ्यतामा सम्मान गरिएको हो ।
आधारभुत तहमा ४ जिपिए ल्याउन सफल सामुदायिक विद्यालय तर्फका २ जना र संस्थागत तर्फ बाट ५जना गरी जम्मा ७ जना विद्यार्थीलाई जनही ५ हजार रुपैया र प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो भने शतप्रतिशत विद्यार्थी उत्र्तिंण गराउन सफल सामुदायिकका २ र निजिका १३ गरी १५ वटा विद्यालयका प्रधानाध्यापकहरुलाई दोसल्ला द्धारा सम्मान गरिएको थियो ।
रामग्राम नगरपालिका वडा न. १ का वडाअध्यक्ष रुद्र प्रकाश उपाध्यायको स्वागत मन्तब्य रहेको कार्यक्रममा नगरउपप्रमुख सम्झना चौधरी, अभिभावकको तर्फ बाट अनिल उपाध्याय, रामग्राम सगरमाथा एकेडमीका प्र.अ अविनाश रेग्मि, जनता आधारभुत विद्यालयका प्र.अ दिनेश उपाध्याय, पवन माविका प्र.अ अनिरुद्र पाठक लगाएले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले आज पाएको सम्मान आगामी वर्षमा पनि कायम राख्नु पर्नेमा जोड दिदै रामग्राम नगरपालिकामा ग्रामिण क्षेत्र र नगरमा धेरै विद्यार्थी रहेको, नगरका विद्यालयहरुमा भन्दा गाउका विद्यालयमा शैक्षिक चेतनाको स्तर माथि उठ्न नसकेको र अभिभावकहरुले पनि शिक्षा प्रति त्यति चासो नराखेको हुनाले शिक्षामा ग्रामिण क्षेत्र अल्लि बढि पछि परेको बताउदै ग्रामिण भेगमा अध्यापन गर्ने शिक्षकहरुलाई विद्यार्थी तथा अभिभावकहरुलाई शैक्षिक चेतना फैलाइ बढि भन्दा बढि विद्यार्थी भर्ना गराउन पहल गर्न अनुरोध गर्दै शैक्षिक चेतनाका लागी नगरपालिकाले पनि त्यस्ता क्षेत्रमा विकासको कामहरु अगाडि बढाएको बताउनुभयो । कार्यक्रमको संचालन शिक्षा अधिकृत सुमन खनालले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

