Rashtriya Dainik

सुनवल–परासी सडक खण्डमा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्यु

बिनाेद निगम / नवलपरासी ,५ जेठ

पश्चिम नवलपरासीको सुनवल–परासी सडक खण्डमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

सुनवल नगरपालिका वडा नं. ९, स्वाठीस्थित सडक खण्डमा आईतबार राति करिब ८:२५ बजे हालसम्म नम्बर नखुलेको सानो गाडीले विपरीत दिशाबाट आइरहेको लु ३६ प २५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका रामग्राम नगरपालिका वडा नं. १, सण्डा निवासी अन्दाजी २२ वर्षीय जीवन यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते अवस्थाका यादवलाई तत्काल उपचारका लागि पृथ्वी चन्द्र अस्पताल, परासी लगिएको थियो। अस्पताल पुर्‍याइएपछि अन्दाजी ८:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय,नवलपरासीका सूचना अधिकारी एबं प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए।

घटनास्थलको प्रारम्भिक मुचुल्का तयार पारिएको र हाल दुर्घटनामा संलग्न सवारी साधनको खोजी कार्य तथा थप अनुसन्धान भइरहेको पन्तले जानकारी दिएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित