Rashtriya Dainik

सरावलमा कुष्ठरोगी पत्ता लगाउन चर्म रोग शिविर सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,५ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले कुष्ठरोगी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

कुष्ठरोग प्रभावित सजिलै स्वास्थ्य संस्थामा नआउने भएकाले सबै प्रकारका छाला रोगीको परीक्षण गर्नेगरी निःशुल्क चर्मरोग शिविर आयोजना गरिएको सरावल गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख ओम नारायण देवकोटाले जानकारी दिनुभयो ।

१५३ जनालाई स्वास्थ्य परिक्षण गरिएकोमा -७ जना कुष्ठरोग प्रभावित ब्यक्ति फेला परेकाे स्वास्थ्यशाखा प्रमुख देवकोटाले जानकारी दिनुभएको हाे।

शिविरमा छाला चर्म रोग विशेषज्ञ डा.सपना कर्ण र मेडिकल अधिकृत डा.अनिस गुप्ता लगाएतकाे स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नुभएको थियोे ।

शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।

शिविर सुभारम्भ गर्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले कुष्ठरोग पनि अरु रोग सरह भएकोले यसलाई कसैले पनि लुकाउन नहुने बताउनुभयो । समयमैं उपचार गरे कुष्ठरोग निको हुने भएकाले यो रोगप्रतिको अन्धविश्वास हटाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

छाला सम्बन्धी जुनसुकै समस्या भएकाले पनि शिविरबाट लाभ लिन सक्ने बताउँदै अध्यक्ष चौधरीले छुटेकाहरुका लागि अगामी बर्ष फेरि यहि कार्यक्रम निरन्तर्ता दिने बताउदै नदुख्ने, नचिलाउने भएकाले धेरैलाई आफू कुष्ठरोग प्रभावित भएको थाहा नहुने भएकोले उनीहरुको पहिचानका लागि सबै प्रकारका छाला रोगीका लागि लक्षित गरी शिविर आयोजना गर्नुपरेको बताउनुभयो ।

उहाँले यो रोग लाग्दा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने, अनुहारको छाला बाक्लो हुने, छालामा गिर्खा देखिने, स्नायुमा असर गर्दा हात खुट्टामा छुँदा थाहा नहुनुका साथै मांशपेशी पनि कमजोर हुने बताउनुभयो । नियमित उपचारबाट कुष्ठरोग पूर्णरुपमा निको बताउँदै उहाँले कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशुल्क हुने र यदि समयमै उपचार नगरेमा अपाङ्गता हुन सक्ने उल्लेख गर्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित