उमेश बि.क/ नवलपरासी ,४ फागुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ भुजहवामा निशुल्क झाेला बनाउने तालिम सम्पन्न भएको छ।
एक्सपर्ट टेक्निकल कलेज नेपाल प्रा.लिकाे सहजिकरण ,काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना अन्तर्गत महिला तथा युवा स्वराेजगार कार्यक्रमद्वारा १ महिने निशुल्क झाेला बनाउने तालिम सम्पन्न गरिएको हाे।
तालिमको एक कार्यक्रमका बीच सरावल गाउँपालिका वडा नं. ७ वडा सदस्य पुर्नवासी हरिजनकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा सम्पन्न गरिएको हाे।

तालिम समापन समारोहलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले सीपले मात्र आत्मनिर्भर बन्नकालागी सहज हुने बताउनुभयो । सीप सिकेर त्यस सीपलाई व्यवहारमा कार्यान्वयन गरेर आयआर्जनमा लाग्न सम्पूर्ण महिलाहरुमा अनुरोध गर्नुभयो ।
त्यस्तै परियोजना टिम लिडर लाेक बहादुर थारुले व्यावसायिक सीप प्रदान गरी महिलालाई स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने उद्देश्यले १ महिने निःशुल्क तालिम सञ्चालन गरिएको बताउनु भएको हाे।

तालिम समापन कार्यक्रममा IRDN कार्यक्रम अपिसर दुर्गा जेठारे ,एक्पर्ट टेक्निकल कलेज नेपाल प्रा.लि कार्यक्रम संयाेजक बिन्द्रेश हरिजन , वडा सदस्य बन्दन सहानि ,पार्वती केवट ,हिना हरिजन लगाएतले बाेल्नुभएकाे थियो ।
१५ जना महिला सहभागीता रहेको झाेला बनाउने तालिम सहजिकरण सरस्वती क्षेत्रीले गर्नुभएको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

