आरपि उपाध्याय / नवलपरासी ,४ जेठ
सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा तालीम शिक्षालय बर्दघाट पश्चिम नवलपरासीको २४ औं स्थापना दिवस एक कार्यक्रमका बिच बर्दघाटमा मनाइएको छ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवस्रोत विभाग काठमाडौंका विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दहालले सशस्त्र प्रहरी बल नेपालले नेपाली जनताको हकहित,सुरक्षा र संविधान प्रदत्त अधिकार प्राप्त गर्ने कार्यमा दिनरात खटिरहेको बताउनु भयो।

अतिरिक्त महानिरीक्षक दहालले देशको सिमा सुरक्षा कार्य गर्दै भौगोलिक अखण्डतालाई कायम राख्दै सिमा सुरक्षा दैवीक विपत्तिमा उद्दार र अवैध क्रियाकलाप नियन्त्रण गर्ने कार्यमा अझ बढी क्रियाशिल हुनुपर्ने बेला आएको जिकिर गर्नुभयो।
प्रमुख अतिथि दहालले शान्ति,सुरक्षा प्रतिबद्धताको महानतम जिम्मेवारीलाई आत्मसात गरि अगाडि बढ्न सबै मातहतका निकायलाई निर्देशन पनि दिनुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती यादवले सिमा सुरक्षा,तालीम शिक्षालयले उत्पादन गरेको जनशक्तिबाट नेपालको हरेक क्षेत्रमा पुर्याइएको सेवा प्रशंसनिय रहेको बताउदै सशस्त्र प्रहरीले पुर्याउदै आएको योगदानबाट नै देशमा अवैध क्रियाकलाप नियन्त्रण तर्फ उन्मुख भएको विचार व्यक्त गर्नुभयो।

स्थापना दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राष्ट्र भक्ती,देश भक्ती र नागरिकप्रती उत्तरदायित्व बोकेको सुरक्षा निकायले संगठनले दिएको जिम्मेवारी पूरा गर्दै आएको सन्दर्भमा सिमा क्षेत्रमा हुने गैरकानुनी कार्य रोक्न उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने जिकिर गर्नुभयो।
कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख बिमला अर्याल,बाहिनीपती दिपेन्द्र कुवर लगयतले वार्षिकोत्सब समारोहमा उत्कृष्ट सेवा पुर्याउने सशस्त्र प्रहरीका जवानलाई कदरपत्र सहित पुरस्कार वितरण गर्नुभएको थियो।
कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनालले सबैमा धन्यवाद ज्ञापन गर्नुभयो।

समारोहमा २०७४ साल मङ्सिर ५ गते सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा तालीम महाविद्यालयको रुपमा सञ्चालन भइरहेकोमा नेपाल सरकार मन्त्री परिषदको मिति २०७५ जेठ २७ गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा तालीम शिक्षालयको रुपमा रुपान्तरण भइ कार्य गर्दै आएको पनि जानकारी गराइएको थियो।
शिक्षालयले आफ्नो स्थापना कालदेखि नै सिमा सुरक्षा,भन्सार सुरक्षा तथा चोरी तस्करी नियन्त्रण लगायत कार्य गर्दै आएको पनि बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

