Rashtriya Dainik

प्रमुख जिल्ला अधिकारीद्वारा विनयी त्रिवेणीकाे वडा अन्तर्गत सहकारी र सुरक्षा युनिटहरुको निरीक्षण

आरपि उपाध्याय / नवलपरासी ,३ जेठ

नवलपरासी (ब.स.पु.) का प्रमुख जिल्ला अधिकारीले विनयी त्रिवेणी वडा न.६ र ७ का सरकारी कार्यालय र सुरक्षा युनिटहरुको निरीक्षण गर्नुभएको छ।

प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे सहितको सुरक्षा अधिकारी टोलीहरुले सरकारी कार्यालय र सुरक्षा युनिटको निरीक्षण गर्नुभएको हो।
प्रमुख जिल्ला अधिकारी पाण्डेले विनयी त्रिवेणी वडा न.७ मा रहेकोे त्रिवेणी भन्सार कार्यालयको निरीक्षण गर्नुभएको थियो भने सोही वडा मा रहेको सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपी को पनि निरीक्षण गर्नुभयो।
सुरक्षा युनिटहरुको निरीक्षणको क्रममा उहाँले ईलाका प्रहरी कार्यालय त्रिवेणीको निरीक्षण गर्दै प्र.जि.अ. पाण्डेले नागरिकहरुलाई सरल र सहज रुपमा शान्ति,सुरक्षा प्रदान गर्न निर्देशन पनि दिनुभएको थियो।
विनयी त्रिवेणी ७ स्थित गण्डक ब्यारेज नाकामा रहेकोे नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेक पोइन्टको पनि निरीक्षण गर्दै आवतजावत गर्ने यात्रु वर्गहरुलाई कठिनाइ नहुने किसिमको चेकजाँच गर्ने र अवैध क्रियाकलाप रोकथाम गर्न सुक्ष्म निगरानी बढाउन निर्देशन पनि दिनुभयो।
सो क्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकाल र सशस्त्र प्रहरी बल नेपाल ३१ न. गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक बिनोद कार्की लगायत रहनु भएको थियो।
सोही क्रममा गण्डक ब्यारेज पुलमा वरिष्ठ पत्रकार आर.पि. उपाध्यायले प्र.जि.अ. पाण्डे संग शान्ति,सुरक्षाको विविध विषयमा संक्षिप्त्त कुराकानी गर्नुभयो।
सो क्रममा प्र.जि.अ. पाण्डेले जिल्लाको समग्र शान्ति, सुरक्षा, व्यवस्था सरल,सहज र शान्त भएको प्रतिक्रिया दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित