Rashtriya Dainik

बलात्कार विरुद्ध नवलपरासीमा बिरोध प्रदर्शन

बिनय मिश्र / नवलपरासी/ ०३ फाल्गुन ।

बलात्कारजन्य अपराधका विरुद्ध खबरदारी गर्दै पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाका युवाहरूले आज बिरोध प्रदर्शन गरेको छन । बलात्कार र त्यसपछि निर्ममतापूर्ण ढङ्गले हत्या जस्तो जघन्य अपराधको घटना बारम्बार दोहोरिरहेको अवस्थामा यस्तो अपराधबिरुद्द सामाजिक आवाज सृजना गर्ने उदेश्यले दबाबमूलक तथा शान्तिपूर्ण बिरोध प्रदर्शन पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा न; १२ भुमही चोकमा
सम्पन्न गरेको हो।

युवा अभियन्ता तपन कुमार केवटको अध्यक्ष्ाता तथा समाजसेवी तथा युवा अभियन्ता किशोर गैर को प्रमुख अतिथिक्ता , तथा सुरज पान्डय , सुरज क्षेत्री ,श्री भट्टराई , लक्ष्मी ढकाल लगायतको अतिथिक्ता तथा २५० जना भन्दा बढीको सहभागितामा सम्पन्न भएको छ ।

कार्यक्रममा राजन भुसाल , बिशाल पौडेल , सुमन सुनार लगायतको उपस्थिति रहेको थियो भने बिरोध कार्यक्रम बिक्रम तिवारीले सन्चालन गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित