अमृता सुनार/नवलपरासी ,जेठ १
भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी विभाग नापी कार्यालय नवलपरासीले आज सुनवल नगरपालिकाको वडा नं १ देखि अव्यवस्थित बसोबासीहरुको पुन नाप नक्साको शुभारम्भ गरेको छ ।
आज वडा नं १ को वडा कार्यालयमा पुन नाप नक्साको उद्धाटन गर्दै नगर प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि बिमला अर्यालले भुमिका थुप्रै खालका समस्याहरु रहेको २०२४ सालको नापी पछि सृर्जित समस्याहरुलाई अहिलेको पुन नाप नक्सा जाचले समाधान गर्ने र सुनवल नगरका सबै वडाका सबै भुमि सम्बन्धि समस्या रहेका जग्गा नाप गरिने यस कार्यका लागी नापजाच टोलीलाई सबैले सहयोग गर्ने बताउनुभयो ।

सुनवल नगरपालिकाको पहलमा नवलपरासी जिल्लाको पुननापीका लागी मन्त्रालयले राजपत्र प्रकाशन गरि अनुमति प्रदान गरेपछि नापी कार्य शुरु भएको हो । पुन नापी सम्पन्न भएपछि वर्षौ देखि समस्याको रुपमा रहेका जग्गाका विवादहरु जस्तै जग्गा, नक्सा र भोगचलन मा फरक परेर विवाद वा समस्या परेका लगायतका जग्गा नापजाँचका सम्पुर्ण समस्या समाधान हुने भएका छन् । अत्याधुनिक प्रविधिवाट नापजाँच गरि सिङगो नगरको जग्गा जमिनलाई एउटै नक्सामा प्रविष्ट गरिने नगरप्रमुख अर्यालले बताउनुभयो ।
यस्तै कार्यक्रमका अध्यक्ष एवम वडा नं १ का वडाध्यक्ष मन बहादुर थापाले सुनवल नगरमा अबैध रुपमा कब्जा गरिएका, कुलो मिचिएका जग्गाहरु उजागर हुने र आफनो पुर्जामा भएका जग्गा प्राप्त हुने बताउनुभयो ।
यसैगरी भुमि समस्या समाधान आयोग सुनवल नगरका गणेश न्यौपानेले हाल सुनवल नगरपालिका वडा नं ५ मा १९६ वटा जग्गाको राजस्व कायम भई पुर्जा वितरण सुरु गर्न गइरहेको, वडा नं ६ का नाप जाच कार्य सुरु गरिएको , वडा नं ११,१२ र १३ मा रुजु भइरहेको नापी विभाग बाट ५४ हजार कित्ताको वर्गाीकरण सम्पन्न भई १५ दिने सुचनाका लागी अगाडि बढेको बताउदै वडा नं १ मा आज देखि पुन नापी सुरु गरिएको बताउनुभयो ।

कार्यपालिका सदस्य सिता भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा भुमि समस्या समाधान आयोग नवलपरासीका सदस्य सोम बहादुर रायमाझी, थान प्रसाद गैरे, प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, नापी कार्यालय परासीका प्रमुख कैलाशनाथ पाण्डे, नापी टोली प्रमुख विन्देश्वर साह सर्भेक्षक बिशाल विश्वकर्मा, अमिन अमृत पौडेल लगाएतको उपस्थित रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

