उमेश बि.क / नवलपरासी ,१ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सबै भन्दा कम बेरुजु आएको छ । सरकारी कार्यालयको अन्तिम लेखा परिक्षण गर्ने संवैधानिक अंग महालेखा परीक्षक कार्यालयले बैशाख ३१ गते सार्वजनिक गरेको ६२ औं बार्षिक प्रतिवेदनमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका पहिलो बेरुजु कम गर्ने पालिका बनेको हो ।

पश्चिम नवलपरासीका ७ वटा स्थानीय तह मध्ये आ.व. २०८०÷०८१ मा कुल लेखा रकम परीक्षणको १.४८ प्रतिशत मात्र बेरुजु कायम गरी नवलपरासीमा सरावल गाउँपालिका सबै भन्दा कम बेरुजु ल्याउन सफल भएको हो ।
सरावल गाउँपालिकाको कुल लेखा परीक्षण रकम १ अर्ब २८ करोड, ९० लाख, ६८ हजार मध्य १ कराेड ९० लाख ३३ हजार बेरुजु कायम गरेको छ ।
गत वर्ष जिल्लामा सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमध्ये सरावल दोस्रो नम्बरमा थियो । महालेखा परीक्षकको ६१ औं प्रतिवेदनका अनुसार गत वर्ष सरावल गाउँपालिकाको बेरुजु १.११ प्रतिशत थियो । गत वर्ष सरावलको रु एक अर्ब २९ करोड ५० लाख ३९ हजारको लेखापरीक्षण गर्दा एक करोड ४३ लाख ३३ हजार ३०० रुपैयाँ बेरुजु रहेको थियो ।
सरावल गाउँपालिका बेरुजु रकममा उल्लेख्य सुधार गर्न सफल हुनुमा जनप्रतिनिधि र कर्मचारीको सुशासन प्रतिको प्रतिबद्धता नै प्रमुख सूत्र रहेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।
महालेखा परिक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार पालिकाले सन्तोषजनक कार्य सम्पादन गरेको सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राले बताउनुभएको छ ।
कानुनको परिधिमा रही कार्य सम्पादन गर्दा नवलपरासीमा पहिलो बेरुजु कम गर्ने पालिका बनेको भन्दै प्रमुख प्रशासकीय अधिकृत मिश्राले योजनाका काम समयमै सुरु गरिएको उल्लेख गर्नुभयो ।
त्यस्तै बर्दघाट नगरपालिकाले आ.व. २०८०÷०८१ मा कुल लेखा रकम परीक्षणको १.५३ प्रतिशत मात्र बेरुजु कायम गरी नवलपरासीमा दाेस्राे स्थान बेरुजु कम ल्याउन सफल भएको स्थानीय तह भएको छ । गत वर्ष १. ४८ प्रतिशत थियो । यसवर्ष बर्दघाटको रु दुई अर्ब पन्ध्र करोड ३८ लाख १९ हजारको लेखापरीक्षण गरिएकोमा तीन करोड २९ लाख ५५ हजार रुपैयाँ बेरुजु रहेको छ।
त्यस्तै कुल लेखा रकम परीक्षणको १.६४ प्रतिशत मात्र बेरुजु कायम गरी नवलपरासीमा तेस्राे स्थान बेरुजु कम ल्याउन सफल भएको सुस्ता गाउँपालिका हो । गत वर्ष भने १.८५ प्रतिशत रहेको थियो । यसवर्ष सुस्ताको एक अर्ब १० करोड ५८ लाख ६१ हजार लेखापरीक्षण गरिएकोमा रु एक करोड ८१ लाख ७० हजार रुपैयाँ बेरुजु रहेको छ।
त्यस्तै रामग्राम नगरपालिका कुल लेखा रकम परीक्षणको २.०७ प्रतिशत मात्र बेरुजु कायम गरी नवलपरासीमा चाैथाे स्थान बेरुजु कम ल्याउन नगरपालिका भएको हो । गत वर्ष १ .८२ प्रतिशत थियो । रामग्रामको यसवर्ष रु दुई अर्ब १३ करोड २३ लाख ४६ हजारको लेखापरीक्षण गरिएकोमा चार करोड ४२ लाख २२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
त्यस्तै प्रतापपुर गाउँपालिका कुल लेखा रकम परीक्षणको ३.७० प्रतिशत मात्र बेरुजु कायम गरी नवलपरासीमा पाचौं स्थान बेरुजु कम ल्याउन पालिका भएको हो । गतवर्ष २.५९ प्रतिशत थियो । प्रतापपुरको यसवर्ष एक अर्ब ४६ करोड ५४ लाख ४५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा पाँच करोड ४१ लाख ७९ हजार बेरुजु देखिएको छ ।
त्यस्तै पाल्हिनन्दन गाउँपालिका कुल लेखा रकम परीक्षणको ३.९२ प्रतिशत मात्र बेरुजु कायम गरी नवलपरासीमा छैटौं स्थान बेरुजु कम ल्याउन पालिका भएको हो । पाल्हीनन्दन गाउँपालिकाले यसवर्ष उल्लेख्य सुधार गरी बेरुजु घटाउन सफल भएको छ । गत वर्ष ९.७९ प्रतिशत बेरुजु थियो । यसवर्ष एक अर्ब ८ करोड १६ लाख ६० हजार रुपैयाँको लेखापरीक्षण गर्दा पाल्हीनन्दनमा चार करोड २३ लाख ६८ हजार बेरुजु देखिएको छ ।
त्यस्तै सुनवल नगरपालिकामा सबैभन्दा बढी अर्थात ५ .३८ प्रतिशत बेरुजु ल्याई साताैँ स्थानमा देखिएको छ । गत वर्ष ०. ८९ प्रतिशत मात्र थियो । सुनवलको यसवर्ष दुई अर्ब एक करोड ३१ लख ७१ हजारको लेखापरीक्षण गर्दा दश करोड ८३ लाख ९२ हजार रुपैयाँ बेरुजु देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

