आरपि उपाध्याय / नवलपरासी ,३० बैशाख
सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुवरले नागरिकले पाएको शान्ति,सुरक्षा, अमन,चयनबाट नै हामीहरु सन्तुष्ट रहेको बताउनु भएको छ।
उहाँले व्यक्तिगत स्वार्थलाई त्यागेर संगठनले दिएको जिम्मेवारीलाई हामी सबैले इमानदारी पुर्वक पालन गर्नुपर्ने धारणा राख्दै कुवरले नयाँ प्रविधिलाई लागू गर्दै नागरिकले पाएको संवैधानिक अधिकार पुरा गर्नु नै हामीहरुको सफलता रहेको पनि धारणा राख्नुभयो।

सशस्त्र प्रहरी बल नेपाल न.२७ गण हे.क्वा. सिद्धार्थनगर नगरपालिका १ रुपन्देहीको १८ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै नायब महानिरीक्षक कुवरले सो कुरा बताउनु भएको हो।
कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले राम्रा र असल अभ्यासलाई निरन्तरता दिदै साहस,विरता र धैर्यता नै सुरक्षा निकायको आदर्श भएकोले यसमा धेरै विवेक पुर्याएर अगाडि बढ्नुपर्ने कुरामाथी जोड दिनुभयो।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंले बोलीभन्दा कामप्रति विश्वास गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो।
वार्षिकोत्सब कार्यक्रममा २७ न. गण अन्तर्गत भएको खेलकुद र हाजिरीजवाफ प्रतियोगिता लगायतका प्रतिस्पर्धामा प्रथम,द्वितीय र तृतीयलाई कदरपत्र सहित पुरस्कृत गरिएको थियो।
वार्षिकोत्सब कार्यक्रममा २७ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक मेखराज जोशीले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको जानकारीमा आएको छ।
कार्यक्रममा २०६६ साल माघ २७ गते सिद्धार्थनगर नगरपालिका १ पक्लिहवा स्थित ५/५/२ जग्गामा भवन निर्माण भइ स्थायी रुपमा कार्यालय सञ्चालन हुँदै आएको पनि कार्यक्रममा जानकारी गराइएको थियो।

स्थापना दिवसको अवसरमा २७ न. गण रुपन्देहीले मठमन्दिर सफाइ,वृक्षारोपण, रक्तदान,आँखा शिविर,खेलकुद लगायत कार्यक्रम पनि सञ्चालन गरेको थियो।
शान्ति,सुरक्षा,प्रतिबद्धताको महानतम जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बलले सिमा सुरक्षा,राजस्व चुहावट नियन्त्रण लगायत राष्ट्रले दिएको जिम्मेवारीलाई पूरा गर्दै आएको पनि बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

