Rashtriya Dainik

सुनको मूल्य २ हजारले घट्यो,चाँदी बढ्यो

काठमाडौं ,३० बैशाख

स्थानीय बजारमा सुनको भाउ आज पनि ‌ओरालो लागेको छ। अघिल्लो दिन सोमबार ३७ सयले घटेको सुन आज २ हजार रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार रुपैयाँले घटेर एक तोलाको सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।

सोमबार एक तोला सुनको भाउ १ लाख ८६ हजार ८०० रुपैयाँ पुगेको थियो। त्यसअघि आइतबार प्रतितोला सुन १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो।

यसैगरी सुनको मुल्य घटे पनि चाँदीको भाउ भने वृद्धि भएको छ। आज एक तोला चाँदी १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला चाँदीको भाउ १९ सय ६० रुपैयाँ पुगेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित