Rashtriya Dainik

सरावल २ जावामा दाेस्राे बुद्ध जयन्ती महाेत्सव सम्पन्न ,काेलीय गणराज्यका किताब बिमाेचन

उमेश बि.क / नवलपरासी ,२९ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ जावामा अवस्थित ककरपत्त नगरमा दाेस्राे बुद्ध जयन्ती महाेत्सव सम्पन्न भएको छ।

काेलबृक्ष पर्यटन बिकास संस्था जावाकाे आयाेजना तथा सरावल गाउँपालिकाकाे सहयोगमा काेलबृक्षका अध्यक्ष नरेन्द्र चाैधरीकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा दाेस्राे बुद्ध जयन्ती महाेत्सव सम्पन्न भएको हाे।

दाेस्राे बुद्ध जयन्ती महाेत्सवलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले सरावलकाे बिकासका लागि पालिका भित्र रहेका चार महत्त्वपूर्ण बुद्ध सर्किटकाे बिकास गर्न जरुरी रहेको बताउनुभयो । बुद्ध सर्किटकाे बिकासका लागि स्थानीयबासी उत्सुकता पुर्वक लाग्न जरुरी रहेको बताउनुभयो । अध्यक्ष चाैधरीले सरावल गाउँपालिकालाई चिनाउन र बाहिरी पर्यटक भित्र्याउनकाे लागि रामग्राम स्तुपा राम्रो रहेको जिकिर गर्नुभयाे । लुम्बिनीबाट रामग्राम स्तुपा आएको पर्यटक सरावल भित्र्याउन सजिलो भएकोले यसकाे बिकासका लागि हामी लागिपरेको र स्थानीयवासी पनि चासाे दिदै लाग्न अनुरोध गर्नुभयो । साथै सरावलकाे पहिचानको लागि काेलीय गणराज्यकाे ऐतिहासिक धराेहरु विद्यालयमा पठनपाठन तथा आगन्तुक अतिथिहरुलाई बुझाई पर्यटन प्रबर्द्धसंगै सरावलकाे विकासमा ठुलो टेवा पुग्ने बताउदै बुद्ध जयन्तीको शुभकामना दिनुभएको थियो ।

दाेस्राे बुद्ध जयन्ती महाेत्सवकाे अवसरमा “काेलीय गणराज्यका ऐतिहासिक धराेहरु” नामक किताब बिमाेचन , महिला फुटबल प्रतियोगिता ,ढकिया दाैड रस्सा तान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।


महाेत्सवमा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन ,निवर्तमान गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी ,वडा नम्बर २ कार्यवाहक वडा अध्यक्ष तुफानि लाल गुप्ता ,पत्रकार बेचु गाैड ,समाजसेवी कृष्णदत्त गाैरव थारु ,पत्रकार उमेश बि.क लगाएतले सरावलकाे ४ महत्त्वपूर्ण बुद्ध सर्किटहरुलाई बिकास गर्न सके पर्यटन भित्र्याएर आर्थिक अम्दानी गर्न सकिने बताउनुभयो । वहाँहरुले सरावलकाे संस्कृतिलाई ब्रान्डिङ गर्न सके राेजगारीसंगै आर्थिक उपार्जनकाे लागि ठुलो स्राेत हुने जिकिर गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित