Rashtriya Dainik

ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स कृष्णनगरमा संचालन

कपिलवस्तु , बैशाख २९ 

 जिल्लाकाे प्रमुख बजार कृष्णनगरमा अहिले टुर ट्रभल्सका नयाँ व्यवसायी आकर्षित हुन लागेका छन ।
कृष्णनगरमा शान्ति सुरक्षा सुधार हुँदै गएकाले लगानीकाे वातावरण बन्दै गएकाे छ । अहिले नेपाल र भारत भ्रमण गर्न चाहने यात्रीहरुका लागि थुप्रै टुर एण्ड ट्रभल्स संचालनमा आएका छन । कृष्णनगर वडा २ काे मुख्य बजारमा सटही काउन्टर नजिकै नयाँ टुर एण्ड ट्रभल्स कम्पनी संचालनमा आएकाे छ। ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालनमा आएपछि अब नेपाल , भारत लगायत विश्वभरिका ट्रेन , हवाइजहाज , बस लगायतका सवारीसाधनकाे यात्रा टिकट पाइन्छ । कार्यालय समुुद्घाटन समाजसेवी सहिद खांले गर्नुभएकाे थियाे ।

विगत केही दिनदेखि कृष्णनगर बजारभित्र आधा दर्जनबढी टुर एण्ड टभल्स कम्पनीहरु सेवा दिदै आएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित