Rashtriya Dainik

भारतको छत्तीसगढको रायपुर नजिकै सडक दुर्घटनामा १३ जनाको मृत्यु

एजेन्सी ,२९ बैशाख

भारतको छत्तीसगढको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा रहेको बाङ्गोलीमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।

आइतबार राति भएको दुर्घटनामा मृत्यु हुने सबै बच्चा जन्मिएपछि आयोजित छठी महोत्सवबाट फर्किरहेका थिए।

जिल्ला कलेक्टर गौरव सिंहले बीबीसीलाई भने, ‘खरोराको बाना गाउँमा पारिवारिक कार्यक्रमबाट मानिसहरू फर्किरहेका थिए। मृतकहरू सबै माज्दा कारमा सवार थिए। ठुलो ट्रेलर गाडीसँग ठोक्कियो। अहिलेसम्म १३ जनाको मृत्यु भएको खबर आएको छ।’

दुर्घटनामा एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्। उनीहरूलाई रायपुरको सरकारी अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार चटौड गाउँका करिब ५० जना खरोरा बाना गाउँमा पारिवारिक कार्यक्रममा गएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित