Rashtriya Dainik

महेन्द्र मा.बि सरावलकाे चार काेठे विद्यालय भवन शिलान्यास

राष्ट्रिय दैनिक / नवलपरासी ,२९ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले ४ कोठे विद्यालय भवनको एक कार्यक्रमबिच शिलान्यास गर्नुभएको छ ।

विद्यालयको पठनपाठन सहज हुने उद्देश्यले सरावल गाउँपालिका वडा नं. ३ सरावलस्थित महेन्द्र माध्यमिक विद्यालयको ४ कोठे भवन निर्माणका लागि उहाँले साेमबार शिलान्यास गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सरकारकाे विशेष अनुदान अन्तर्गत २५ लाख बराबरको ४ काेठे भवन जितेन्द्र कन्ट्रक्सन परसियाले २०८२ असाढ मसान्तसम्म उक्त विद्यालय भवन निर्माण सम्पन्न गर्ने विद्यालय ब्यवस्थापन समिति अध्यक्ष राधाकृष्ण चाैधरीले बताउनुभएको छ ।

विद्यालय भवन शिलान्यासपछि पालिका अध्यक्ष चाैधरीले गुणस्तरिय र दीर्घकालीन सेवा सुविधा लिन सक्ने उद्देश्यले ठोस विद्यालय भवन निर्माण कार्य गर्न लागेको बताउनुभयो ।पालिका परिसरमा रहेको विद्यालयलाई उत्कृष्ट विद्यालयकाे रुपले बनाउन प्राथमिकता दिइएको बताउनुभयो ।

शिलान्यास कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , वडा नम्बर ३ का वडा अध्यक्ष फिरंगी चाैधरी , कार्यपालिका सदस्य रामानन्द हरिजन , विद्यालयका प्र.अ प्रदिप चाैधरी, विद्यालयकाका शिक्षक लगायतको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित