विनोद निगम / नवलपरासी ,२८ बैशाख
भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ठूलो परिमाणको ब्रान पश्चिम नवलपरासी बेलासपुर सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण, हेडक्वार्टर बेलासपुरबाट खटिएको सुरक्षाकर्मी टोलीले बरामद गरेको छ।
सशस्त्र प्रहरी उपरीक्षक सर्बेश कुमार अर्यालको कमाण्डमा खटिएको टोलीले पाल्हीनन्दन गाउँपालिका–२, गोपालपुरस्थित अन्तर्राष्ट्रिय सीमा नजिकको दशगजा क्षेत्रको खेतमा छाडिएको अवस्थामा बोरामा राखिएको ब्रान फेला पारेको हो।
जम्मा ३२० बोरा ब्रान (१२,५०० केजी) बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उक्त चामल भारतबाट अवैध रूपमै नेपाली भुमिमा भित्र्याइएको पुष्टि भएको बताइएको छ।
बरामद गरिएको लाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी महेशपुरस्थित भन्सार कार्यालयमा बुझाइएको छ। भन्सार दस्तुरअनुसार ब्रानको मूल्य रु. २,३०,४०० (दुई लाख तीस हजार चार सय रुपैयाँ) निर्धारण गरिएको छ।

सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि निगरानी कडा बनाइएको जनाएको छ। स्थानीय समुदायसँग समन्वय गर्दै अब अझ प्रभावकारी रुपमा गस्ती, चेकजाँच तथा सूचना संकलन कार्यलाई तीव्र बनाइने सशस्त्र प्रहरीले बताएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

