Rashtriya Dainik

ज्योति गुम्बा बौद्ध विहार विनयी त्रिवेणी ७ को आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,२८ बैशाख

आउदै गरेको बुद्ध पुर्णिमाको अवसर पारेर ज्योति गुम्बा बौद्ध विहार विनयी त्रिवेणी ७ को आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम शिवपुरगढीमा सम्पन्न भएको छ।

वर्तमान समयमा बुद्ध शिक्षाको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा विनयी त्रिवेणी र सुस्ता गाउँपालिका अन्तर्गतका आधा दर्जन व्यक्तिहरुले अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राखेका थिए।


ज्योति गुम्बा बौद्ध विहार समितिका अध्यक्ष सिंह बहादुर थापाको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले महामानव गौतम बुद्धद्वारा प्रतिपादन भएको शिक्षाले मानवमा नैतिक शिक्षा प्रवाह भइ समुन्नत समाज निर्माण कार्यमा प्रेरणा मिल्ने धारणा राख्नुभयो।
अन्तरक्रिया कार्यक्रममा अनुमा घाटका संरक्षण अशोक मानन्धरले बुद्ध चार धामको अवधारणालाई कार्यान्वयन गर्दै अगाडि बढ्नुको साथै सिद्धार्थको राजकीय विचारलाई बदलिएर बौद्ध शिक्षा तर्फ बढेकै कारण बुद्धलाई बौद्ध ज्ञान प्राप्त भएको जिकिर गर्नुभयो।
कार्यक्रममा जितराम पञ्जियार,पदम बहादुर राना,खेम बहादुर राना,ब्लुमिङ्ग बड्स बोर्डिङ्ग स्कुलकी छात्रा अनुष्का गुप्ता,शिवपुरगढी मा.वि. की छात्रा गिता बिन लगायतले बुद्ध शिक्षा र बुद्ध ज्ञानबारे आफ्नो धारणा राख्नुभएको कार्यक्रम सञ्चालन एवं गुम्बा समितिका सचिव बिन बहादुर थापाले जानकारी दिनुभएको छ।


यसै क्रममा २६४९ औं बुद्ध जयन्तीको अवसर पारेर ज्योति गुम्बा बौद्ध विहारको आयोजनामा आइतबार साझ शान्ति पदयात्राको कार्यक्रम गरिएको छ। शान्ति पदयात्रा कार्यक्रममा विनयी त्रिवेणी वडा न.६ र ७ का आमा समूहहरुको सहभागिता रहेको थियो। जसमा केउलानी आमा समूह,त्रिवेणी आमा समूह,नारी उत्थान केन्द्र शिवपुरगढी, प्रगती आमा समूह ठट्टीयाखोलाको सहभागिता रहेको गुम्बा समितिका अध्यक्ष सिंह बहादुर थापाले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित