Rashtriya Dainik

पर्साको जगरनाथपुर गाउँपालिकाको मसिहानी पुर्ण खोप दिगोपना वडा घोषणा

राजन कुमार बानिया /पर्सा ,२८ बैसाख

रास्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत नियमित खोप सुदृढीकरण र सरसफाइ प्रबर्द्धन प्याकेज कार्यक्रमको समिक्षा तथा खोप कार्यक्रमको सुक्षम योजना अध्यवधिक गोष्टी एवम वडा पुर्ण खोप दिगोपना घोषणा सभा अाज पर्साको जगरनाथपुर गाउँपालिकाको मसिहानीमा सम्पन्न भएको छ।

जगरनाथपुर गाउँपालिका स्वास्थ्य शाखाले अायोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले पुर्ण खोप दिगोपनामा सहयोग गर्ने स्वास्थ्यकर्मी हरुलाई बधाई दिदै स्वास्थ्य चौकी र वडा कार्यालयलाई प्रमाणपत्र सहित सम्मानित गर्नु भएको थियो।

गाउँपालिका पुर्ण खोप भएपनी प्रतेक वर्ष पुर्ण खोप दिगोपना गर्नु पर्नेमा जोड दिनु भएको थियोे । प्रतेक दिन बच्चा जन्मी रहेकाले खोप अभियानलाई निरन्तरता दिएर एक जना बालबालिका हरु खोप बाट बन्चित नरहोस भन्ने उनको धारना रहेको थियो।

गाउँपालिका भरिमा ५ सय ९२ जना बालबालिकाहरु १३ वटा रोग बिरुद्धको नियमित खोप लिरहेकोले स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह कानुले जानकारी दिनुभएको थियो। वडा पुर्ण खोप दिगोपना अन्तर्गत पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी हरुको टोलीले खोपबारे प्रत्येक वडाहरु गइ अनुगमन गरि सकेको र कुनै वडाहरुमा बालबालिकाहरु खोपबाट बंचित नरहेकोले वडा पुर्ण खोप दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख साहले बताए ।

वडा पुर्ण खोप दिगोपना घोषणा कार्यक्रम गाउँपालसका अध्यक्ष श्रीकान्त यादवको अध्यक्ष्ातामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष बबिता सिंह,प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, जनस्वास्थ्य कार्यालय अधिकृत मल्लिका श्रेष्ठ ,सबनम कार्की, लेखापाल सन्देश कुशवाहम,सहितले जनप्रतिनिधि र स्वास्थ्यकर्मी हरुलाई बधाई तथा शुभकामना मन्त्ब्य ब्यक्त गर्नु भएको थियो। वडा पुर्ण खोप घोषणा पछी समिक्षा कार्यक्रम स्वास्थ्य शाखा प्रमुख साहले प्रोजेकटरको माध्यमबाट जानकारी गरानु भएको थियो। कार्यक्रममा जनप्रतिनिधि र स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित