सुरेश यादव / नवलपरासी ,२७ बैशाख
पछिल्लो समयमा भारत र पाकिस्तानबीचको द्वन्द्व बढ्दै गएपछि पश्चिम नवसपरासीको भारतिय सीमावर्ती नाकाहरुमा निगरानीका लागी थप सुरक्षा व्यवस्था कडा बनाएको छ । मुख्य सिमा नाकाहरु महेशपुर, भुजहवा, गुठीप्रसौनी, चमनटोलासहित रगरगंज,बनकट्टी, बलिनगरलगायत नाकाबाट आवतजावत गर्ने यात्रु तथा नागरिकहरुलाई विशेष निगरानीका साथ कडाई गरिएको छ । सिमानाकाबाट आवतजावत गर्ने यात्रु तथा नागरिकहरुलाई करिब एक हप्तादेखि आवश्यक्ताको आधारमा परिचय पत्र हेरेर निगरानीको काम हुदै आएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई देशबीचको बढ्दै गएको द्वन्द्वले सीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमलाई मध्य नजर गरि विशेष सुरक्षा सतर्कता र निगरानी बढाइएको बताउनुभएको छ। सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोली परिचालित गरि आवत जावतको क्रममा हुने ओसारपसार, घुसपैठारी तथा अबैध क्रियाकलापलाई नियन्त्रण गर्न थप निगरानी बढाईएको बताउनुभयो।
पश्चिम नवलपरासीको भारतिय सिमा नाकासंग जोडिएको २७.५ किलोमिटरका सबै बीओपी (बोर्डर आउट पोष्ट)ले कडाईका साथ चेकजाँच तथा निगरानी गरिरहेको प्रजिअ रेग्मीको भनाई छ । उहाले अत्यावश्यक काम बाहेक भारत- पाकिस्तान भ्रमण नजान र जानै परे परिचय पत्र साथमा लिएर यात्रा गर्न अनुरोध गर्नुभएको छ ।

यहि बैशाख ९ गते जम्बु-काश्मिरको पहलगाममा २६ जनाको ज्यान गरि पर्यटकमाथि भएको आतंकवादि आक्रमणलाई लिएर दुई देशबिचको विबाद बढ्दै गएको छ । यता पराराष्ट्र मन्त्रालयले भारत र पाकिस्तानमा रहेका नेपालीहरुलाई आपतकालिन अवस्थामा कुनै किसिमको सहयोग चाहिएमा नेपाली दुताबासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

