सुरेश यादव / नवलपरासी ,२७ बैशाख
पश्चिम नवलपरासीको सुनवलमा जारी आठौ मेयर कप फुटवल प्रतियोगिताको छैठौ दिनको खेलमा वडा नम्बर-२ ले वडा नम्बर-९ लाई १-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
खेलको पहिलो हापमा वडा नम्बर-२ का ११ नम्बरका खेलाडी अमन मगरले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि भएको दोस्रो हाफमा दुवै तर्फबाट गोल विहिन बनेपछि वडा नम्बर-२ क्वाटर फाईनलमा प्रवेश गरेको हो ।
खेलमा निर्णायक गोल गरेका वडा नम्बर-२ का ११ नम्बरका खेलाडी अमन मगर म्यान अफ द म्याच घोषित भएका छन् । वडा नम्बर-२ को अर्को खेल बैशाख २९ गते सोमबर दिउसो ३ बजे आयोजक टिम सुनवल-७“बिसंग हुनेछ । यसैबिच भोली आईतबार हुने सेमिफाईनल खेलमा वडा नम्बर-१० र १३ विच प्रतिस्पर्दा हुने फुटबल प्रतियोगिता उपभोक्ता समितिका सचिव खडक रानाले जानकारी दिएका छन् ।
यही जेठ ४ गतेसम्म सुनवल-७ गणेशबस्तीमा सञ्चालन भैरहेको प्रतियोगितामा नगरभित्रका १३ वटा वडा र आयोजक “बि”टिमसहित कुल १४ टिमको सहभागिता छ।विजेता टिमले नगद १ लाख ५५ हजार,उपविजेताले ९० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् ।
त्यसैगरी प्रतियोगिता समयअवधि भर उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र सर्वोत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

