Rashtriya Dainik

औषधि व्यवसायी संघ नवलपरासीको पाँचौ साधारण र भित्तेपात्रो बिमोचन सम्पन्न


प्रकाश न्यौपाने / नवलपरासी ,बैशाख २७ गते

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा नवलपरासीको पाँचौं वार्षिक साधारण सभा शनिबार बर्दघाटमा सम्पन्न भएको छ। सभामा २०८२ सालको भित्तेपात्रो विमोचन गरिनुका साथै औषधि व्यवसायीका हकहितमा विभिन्न कार्यक्रम र आगामी योजनाहरू प्रस्तुत गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपानेले स्वास्थ्य बीमाका कारण औषधि व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै बीमा गरिएको व्यक्तिलाई औषधि बिक्रीपछि व्यवसायीको रेकर्डका आधारमा राज्यले भुक्तानी गर्नुपर्ने माग राख्नु भयो । उहाले राज्यको अभिभावकीय भूमिकाको आवश्यकता औंल्याउँदै औषधि व्यवसायमा संघीयताको प्रभाव नदेखिएको गुनासो गर्नु भयो । सघियता आएको धेरै बर्ष भयो, हाम्रो व्यवसायमा सघियताले छोएन अहिले पनि हामी दर्ता, नवीकरण तथा अन्य कामका लागि काठमाडौ नै जानु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।” न्यौपानेले भन्नु भयो ।

यसैगरी, संघका पूर्व अध्यक्ष शिव ज्ञवालीले राज्यले औषधि व्यवसाय सहायक तालिम दिने घोषणा गर्दै पनि अझै कार्यान्वयन नभएको बताउँदै फार्मेसिष्टहरूको कारण तालिम रोकिएको उल्लेख गर्नु भयो । उहाले औषधि व्यवसायीहरू मात्रै मुल्य प्रिन्टसहितको शुद्ध आर्थिक कारोबारमा संलग्न व्यवसाय भएको उल्लेख गर्दै राज्यको विशेष ध्यान आवश्यक रहेको बताउनु भयो । अनुगमनका नाममा बारम्बार दुःख दिने प्रवृत्तिको आलोचना गर्दै सहभागीहरूले अनुगमन गर्दा व्यवसायीको धर्म र मर्म बुझेर गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष डा. हेमन्त राज न्यौपानेले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै औषधि व्यवसायलाई मर्यादित, संवेदनशील र जोखिमयुक्त व्यवसायको रूपमा व्याख्या गर्दै संघले विगत वर्षमा नियमित बैठक, क्यालेन्डर प्रकाशन, ज्ञापनपत्र बुझाउने, घरदैलो भेटघाट र क्षमता वृद्धिका कार्यक्रम सञ्चालन गरेको जानकारी दिनु भयो । आगामी दिनमा व्यवसायी हितकारी कोष स्थापना, भवन निर्माणका लागि जग्गा प्राप्ति, निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गर्ने योजना रहेको उहाले बताउनु भयो ।

महासचिव बाबुराम तिमिल्सिनाले संघको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०७६ साल साउन २५ गते पहिलो अधिवेशन भएको संघमा हाल ४ जना थोक र ९५ जना खुद्रा सदस्य रहेको जानकारी दिनु भयो। उहाले हालसम्म १० वटा बैठक बसेको उल्लेख गर्दै सस्थाले ब्यवसायीक हक हितमा रहेको काम गरिरहेको उल्लेख गर्नु भयो । कोषाध्यक्ष अवधेश यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघले १ लाख ८८ हजार ८५५ आम्दानी र १ लाख ३६ हजार ६८१ खर्च गरेको जानकारी दिनु भयो ।

उपाध्यक्ष राजकुमार चौधरीले स्वागत रहेको कार्यक्रमको सञ्चालन महासचिव तिमिल्सिना र अध्यक्षता अध्यक्ष हेमन्त न्यौपानेले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित