अमृता सुनार/नवलपरासी ,२७ बैशाख
यही श्रावण १ गते देखि ३१ गते सम्म सुनवल १० खखकरीबारीमा संचालन हुने विश्व शान्ति महामहोत्सव २०८२ को मुल समारोह समिति गठन तथा संकल्प सभा सुनवल १० हरिहर ॐ कारेश्वर मन्दिर सुनवलमा सम्पन्न भएको छ ।
हरिहर ॐ कारेश्वर महादेव सेवा समितिका अध्यक्ष मोहनीलाल न्यौपानेको अध्यक्षता एवम सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष एवम समाजसेवी विष्णु प्रसाद पौडेलको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ भने सल्लाहाकार समिति संयोजकमा पुर्व नगर प्रमुख भिम बहादुर थापा भरत रहनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिमला अर्यालले यो यज्ञ सफल पार्न सुनवलबासी सबैको दायित्व रहेको र सुनवल नगरलाई धार्मिक पर्यटकीय नगरी बनाउने धेरे सम्भावनाहरु रहेको हुनाले सुनवलका सबै धार्मिक स्थललाई स्तरोन्नती गर्ने गरी योजना बढाएको बताउनुभयो ।
श्रावण १ गते देखि ३१ गते सम्म संचालन हुने श्रावणी महोत्सवमा भागवत बाचिका राधिका दासी लगाएत २ सय भन्दा बढि बाचक बाचिकाको उपस्थिती रहने, लुम्बिनी अञ्चलमा नै पहिलो पटक प्रत्येक दिन गंगा आरती गरिने उद्धेश्य र संकल्प रहेको महोत्सवका संकल्पकर्ता तथा बालव्यास श्रवण न्न्यौपानेले बताउनुभयो ।
ॐ कारेश्वर राष्ट्र कल्याण विश्व शान्ति श्रावणी महोत्सव २०८२ का सचिव प्रदिप अर्यालको संचालन रहेको कार्यक्रममा मन्दिरका पुर्व अध्यक्ष विष्णु पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा कमल जिसी, निशा पराजुली, यज्ञ पाण्डे, भिम बहादुर थापा, दिल बहादुर थापा, रमेश कर्माचार्य, केशब भण्डारी, मन बहादुर थापा,मोहन कार्की, देवी घिमिरे, अर्जुन भुषाल लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

