अमृता सुनार /नवलपरासी ,२७ वैशाख
पश्चिम नवलपरासीको सुनवल ५ वनकट्टीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा ४४ जनाले रक्तदान गरेका थिए ।
शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कार्यक्रम संयोजक मिलन कुमार गुरुङ्गको अध्यक्षता तथा सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गंगा बहादुर गुरुङ्ग, वडा नं ५ का वडाध्यक्ष नेत्रलाल शर्मा तिवारी, वडा नं ४ का अध्यक्ष पविन गुरुङ्ग, कार्यपालिका सदस्य जुठीमाया पुन, निवर्तमान वडाध्यक्ष थमन सिहं नेपाली, वडा सदस्य जमुना सुनार, पुर्ण बहादुर राना लगायतको सहभागिता रहेको थियो ।

संस्थाका उपाध्यक्ष याम प्रसाद पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सहसचिव दिपक पौडेलले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

