आरपि उपाध्याय / नवलपरासी ,२६ बैशाख
नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखाको आयोजनामा अन्तराष्ट्रिय रेडक्रस दिवस एक कार्यक्रमका बीच त्रिवेणीमा मनाइएको छ।
रेडक्रसका जन्मदाता महामानव हेनरी डियुनाको जन्म जयन्तिको रुपमा मनाईने अन्तर्राष्ट्रिय रेडक्रस दिवस त्रिवेणीस्थीत शिवालयघाट र नारायणी नदीको किनारमा सफाई कार्यक्रम गरिएको शाखा सचिव अच्युतमान श्रेष्ठले जानकारी दिनुभएको छ।

कार्यक्रममा ईलाका प्रहरी कार्यक्रय त्रिवेणीको जनशक्ति र उपशाखा कार्यसमितिका पदाधिकारीसहितको टोलीले सफाई कार्यक्रममा सहभागिता रहेको थियो।
उपशाखा सभापति सन्तोष रौनियारको अध्यक्षतामा कार्यक्रममा विनय त्रिवेणी वडा नं. ६ वडा अध्यक्ष नुरेन्द्र शाहले रेडक्रस संस्थाबाट पु्याइएको योगदान बारे चर्चा गर्दै विगतमा भएका रेडक्रस सम्बन्धी अपुर्ण कार्यलाई अब पुरा गर्ने बेला आएको जिकिर गर्नु भयो। सो अवसरमा वडा नं. ७ का वडा अध्यक्ष उमेश कार्की, इ.प्र.का त्रिवेणीका स.इ.महेश अधिकारी, विनयी त्रिवेणी वडा नं. ६ र ७ का जनप्रतिनिधि स्थानिय संचारकर्मीहरुको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा उपशाखा सभापति रौनियारले रेडक्रस संस्थामा रहेको पवित्र र स्वच्छतालाई मर्यादित बनाउनु हामीसबैको परम कर्तव्य रहेको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

